बुटवल,जेठ २२ ।
एक्सिस कलेजमा स्नातक तह अन्तर्गत बि.वि.ए. र वि.एच.एम संकायका विद्यार्थीहरुले सचेतना मूलक र्याली निकालेका छन् । विश्व वातावरण दिवसमा कलेजबाट सुरु भएको र्याली जानकीनगरदेखि योगिकुटी चोकसम्म पुगेर पुनः कलेजमा पुगेको हो ।
र्यालीमा यसपटकको विश्व वातावरण दिवसको थिम मात्र एक पृथ्वी भन्ने प्लेकार्ड, ब्यानर र वातावरण संरक्षण, संवद्र्वन गर्नुपर्छ भन्ने सन्देश लेखिएका सामाग्री प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुले कलेज परिसर बृक्षरोपण गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य माधवकुमार पौडेल, वि.वि.ए कोअडिनेटर जीवन पौडेल, वि.एच.एम. कोअडिनेटर अमित न्यौपाने, अध्यापक ध्रुर्व शर्मा, केशरचन्द्र भण्डारी लगाएतको सहभागिता थियो ।
सो अवसरमा विश्व वातावरण दिवस २०२२, (मात्र एक पृथ्वी) अङ्कित केक समेत काटिएको थियो ।
कार्यक्रमको संयोजन वि.वि.ए दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको सामाजिक सेवा क्लव ले गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)