बुटवल,जेठ २२ ।
बुटवल उपमहानगरपालिका निर्वाचित नगर प्रमुख, उप प्रमुख,तथा जनप्रतिनिधिलाई नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समिति बुटवलले स्वागत गरेको छ । इकाई समिति बुटवलका अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता तथा नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले कर्मचारी र जनप्रतिनिधिहरु एक अर्कोका प्रतिस्पर्धि नभइ परिपुरक भएको बताए। बुटवललाइ मुलुक कै उत्कृष्ट शहर बनाउन सबै मिलेर काम गर्नु पर्ने धारणा राखे ।
संगठनका सचिव रेश्मीराज घिमिरेद्वारा संचालित सो कार्यक्रममा विशिष्ट अतिथी उपमहानगरपालिकाका उपप्रमुग सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, एशोसिएसनका निवर्तमान अध्यक्ष एवं छैठौं केन्द्रीय महाधिवेशन सचिव सितु प्रसाद श्रेष्ठ, बडा न ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।
संगठनका उपाध्यक्ष दिनेशकाजी बज्राचार्यको स्वागतबाट शुरुवात् गरिएको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण शाखा महाशाखा प्रमुखहरु लगायत सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)