Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मिस डायमण्ड नेपाल : १५ जना फाइनलिस्टहरुको क्लाेज क्याम्प शुरु,फाइनल जेठ २८ मा (भिडिओ)

मिस डायमण्ड नेपाल : १५ जना फाइनलिस्टहरुको क्लाेज क्याम्प शुरु,फाइनल जेठ २८ मा (भिडिओ)

  • 2.1K
    SHARES

  • मिस डायमण्ड नेपाल : १५ जना फाइनलिस्टहरुको क्लाेज क्याम्प शुरु,फाइनल जेठ २८ मा (भिडिओ)

    बुटवल,जेठ २१ ।

    मिस डायमण्ड नेपाल-२०२२ फाईनल २८ जेठमा हुने भएको छ । साहासी कदम नेपालको आयोजनामा २०१८ बाट शुरु भएको मिस डायमन्ड नेपालको तेस्रो सिजनको फाईनल जेठ २८ गते तिलाेत्तमामा हुने आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

    साहासी कदम नेपालकी अध्यक्ष आनिक रानाले देशभरबाट यौनिक तथा लैङगिक समुदायका व्यक्तिहरुको सहभागितामा हुने कार्यक्रमले सहभागीहरुको जीवन परिवर्तनको लक्ष्य लिएर शुरु गरिएको बताईन् । १९ जनाको अडिसनबाट १५ जना फाइनलिस्टहरुलाई तालिम प्रदान शुरु गरिने बताउँदै तालिममा विभिन्न राउण्डहरु हुने र तालिमले सहभागिहरुको क्षमता अभिवृद्धि हुने बताईन् ।

    उनले परिवारले स्वीकार नगरेका बालबालिकाहरुलाई सहभागी गराएर नयाँ जीवन उत्प्रेरित बनाउन कार्यक्रम गरेको बताईन् । उनले केन्द्र सरकारले यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायकाको लागि बजेट छुट्टाउनु निकै राम्रो पक्ष भएको बताउँदै बुटवल उपमहानगरपालिका, तिलोत्तमा र देवदह नगरपालिकाको सहयोगमा तेस्रो सिजन सञ्चालन गरिएको बताईन् । बिजेताहरुले सामाजिक क्षेत्रमा काम गर्ने समेत उनले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै चर्चित गायीका देविका बन्दनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यस्ता उत्कृष्ट कार्यक्रम गर्नु सराहनीय रहेको बताउँदै यी कार्यक्रमले यो समुदायका व्यक्तिहरुको जीवन सुधार्न निकै महत्त्वपूर्ण हुने बताईन् ।

    सन २०१८ मा भएको पहिलो सिजनमा रेशम न्यौपाने विजयी भएका थिए भने दोस्रो सिजन सरोज न्यौपानेले जितेकी थिइन् ।

    प्रतियोगितामा विजेता मिस डायमन्डसहित अन्य ४ वटा क्याटगरीमा पुरस्कार वितरण गरिने छ । मिस डायमन्डलाई नगद रु २० हजार, मिस एम्वेस्डरलाई रु १५ हजार, मिस क्रिस्टललाई रु १० हजार, मिस रेन्बोलाई रु १० हजार र मिस डिबालाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    प्रतियोगिताको फाईनलमा प्रवेशको लागि रु २ सय रुपैयाँको टिकट रहेको आयोजकले जनाएको छ । कार्यक्रममा व्युटीसियन रेखा थापा, साहासी कदम नेपालका सह सचिव अनु अनमोल क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रममा पूर्व विजेता तथा क्याटगरी विजेताहरु कार्यक्रमले पारेको प्रभावको बारेमा बोलेका थिए । कार्यक्रममा प्रतियोगिताको पहिलो टिकट अध्यक्ष रानाले गायिका बन्दनालाई प्रदान गरेकी थिइन् । miss daimond 2022.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology