बुटवल, जेठ १९ ।
तत्कालिन राजा वीरेन्द्र विरविक्रम शाह देव सहितका परिवारको निधन भएको स्मृती दिवसको अवसरमा हिमानी ट्रष्ट रुपन्देहीको आयोजनामा दीप प्रज्वलन गरिएको छ ।
नेपालीले अग्रेजलाई परास्त गरेको जीतगढी किल्लामा आयाजना गरिएको कार्यक्रममा आत्मशान्तीको कामना सहित पुजा समेत गरिएको थियो । हिमानी ट्रष्ट रुपन्देही जिल्लाका संयोजक अमृत भण्डारीको संयोजकत्वमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामाजिक अभियान्ताहरू भगवती पाण्डे, कृषा न्यौपाने लगायतले स्मरण गर्दै मौनधारण समेत गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)