Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बुटवलमा रिलायन्स फाईनान्सको २१ औं शाखा शुभारम्भ

बुटवलमा रिलायन्स फाईनान्सको २१ औं शाखा शुभारम्भ

  • 3.9K
    SHARES

  • बुटवलमा रिलायन्स फाईनान्सको २१ औं शाखा  शुभारम्भ

    बुटवल,जेठ १९।

    रिलायन्स फाईनान्सको २१ औं शाखा बुटवलमा शुभारम्भ गरिएको छ । उक्त शाखाको बिहिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले वित्तिय संस्थाको शाखा स्थापनाले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवललाई मुलुककै आर्थिक केन्द्रको रुपमा बिकास गर्न खोजिएको बताउँदै त्यसमा नगरपालिकाले के गर्न सक्छ रु निजी क्षेत्रबाट सुझाव तथा सल्लाह दिन पनि आग्रह गर्नुभयो ।

    अहिले नगरपालिकाले बुटवलमा सडकको सुधार, ज्योतीनगर लक्ष्मीनगर पहिरो प्रभावितको व्यवस्थापन र अव्यवस्थित सुकुम्बासी परिवारलाई प्रमाण पुर्जालाई प्राथमिकता दिईएको बताउनु भयो । उहाँले क्रमशः तिनाउ दावन कोरिडोरबाट विस्थापित तथा मोतिपुर औद्योगिक क्षेत्रमा पहिलेदेखि बसोबास गर्दै आएकाहरुको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयहरुलाई प्राथमिकता दिईने जानकारी गराउनु भयो ।

    कार्यक्रममा रिलायन्स फाईनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले पुर्वदेखि पश्चिमसम्म शाखा सञ्जाल विस्तारमा आफूहरु लागेको बताउँदै रुपन्देही जिल्लामा बुटवल सहित भैरहवा र मणिग्राममा गरी तीन वटा शाखा सञ्चालनमा आईसकेको बताउनु भयो ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तिय कारोवार गर्ने ईजाजत प्राप्त गरि २०६६ मंसिरदेखि प्रधान कार्यालय काठमाण्डौको प्रदर्शनी मार्गबाट कारोवार सेवा सुरु गरेको फाईनान्सले हालसम्म काठमाण्डौको न्यूरोड, सीतापाईला, चितवनको नारायणघाट, कास्कीको पोखरा, लमजुङको बेसीशहर, काभ्रेको बनेपा, गोखरको गोरखा बजार र आरुघाट, झापाको विर्तामोड, दमक, धुलाबारी र चारआली, ललितपुरको ईमाडोल, अत्तरिया, कोहलपुर धनगढी, महेन्द्रनगर, टाडी तथा रुपन्देहीको भैरहवा र मणिग्राममा यस अगाडि नै शाखा सञ्चालन भईसकेका थिए ।

    १ अर्ब ५ करोड पुँजी रहेको उक्त फाईनान्सले निक्षप तथा कर्जाका अतिरक्त ई–बैंकिङ, एससि।टी नेटवर्क एटिएम, विभिन्न रेमिट्यान्स सेवाहरु, सी आश्वा, आईपी।एस सेवा, एबिबिएस सेवा, ईलेक्ट्रिक चेक क्लियरिङ, एसएमएस बैंकिङ, सजिलो पेमेन्ट एप लगायतका सेवाहरु सञ्चालन गरेको जनाएको छ ।

    rilaince.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology