बुटवल,जेठ १८ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको अध्यक्षमा निरज लाकौल चयन हुनुभएको छ । छैटौ बार्षिक साधारण सभा तथा अधिबेशनबाट नयाँ कार्यसमिति गठन भएको हो । अधिवेसनबाट प्रथम उपाध्यक्ष सन्देस श्रेष्ठ, द्धितिय उपाध्यक्ष रिशभ वझा चयन हुनुभएको छ । यस्तै कार्यकारिणी सदस्यहरुमा आर्दश श्रेष्ठ, शैलजा श्रेष्ठ, अनिस कसौधन, प्रतिक कसजु, शायेना श्रेष्ठ, राजीव श्रेष्ठ, सुमन बस्याल, सुमित वझा, सुमित श्रेष्ठ चयन हुनुभयो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले युवा हरुले नै देशका अर्थतन्त्र लगायत बुटवल नगरीलाई आर्थिक र पर्यटकीय क्षेत्र बनाउन युवाहरुबाट नै संभव भएको बताउनुभयो । ‘जसरी उद्योग बाणिज्य संघ, जेसिज, रोटरी,लायन्सको धाराबाट अगाडि बढी रहनु भएको छ , यो कुराले युवाहरु लाई संक्षम आत्मनिर्भर बनाइरहेको छ ।’ उहाले भन्नुभयो ।
बुटवल नगरीलाई आर्थिकको राजधानी बनाउन र व्यवसायीहलाई प्रर्वद्धन गर्नको लागी अमरपथ क्षेत्रलाई चौबिसै घण्टा ब्यबसायी खुल्ला गरिने वडा नं १,र २ लाई पर्यटकीय आर्थिक संग्राहलयको रुपमा प्रबर्दन गरिने उहाको भनाइ छ । उहांले बुटवलको पहिचान जितगढी किल्ला र रामपिथेकस को प्रवद्र्धन गरिने बुटवल नगरीका १४,१५,१६,१७,१८,१९ लाई कृषि जोन को रुपमा प्रवद्र्धन गरिने गरी काम अगाडी बढाउने बताउनुभयो ।
ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा चुरे क्षेत्रको पहिरोलाई कसरी रोकथाम गर्न सकिने र पानीको मुहान कटान गरी सिद्धबाबा क्षेत्रबाट निकासा गरी तटबन्धनको कार्य गरेको बताउदै उहाले बुटवल चौराहदेखि चिडिया खोला सम्मको सडकलाई कसरी छिटो छरितो बनाउनका लागी निर्माण ब्यबसायी र बिभागलाई घचघचाई रहेको जानकारी समेत दिनुभयो । निर्वतमान अध्यक्ष प्रदिप शाक्यले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्याक्ति–संघ संस्थाहरुलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, बुटवल वडा नं ४ का अध्यक्ष नरिश्वर पौडेल, नेपाली युवा मञ्चका केन्द्रिय अध्यक्ष उदिप श्रेष्ठ, बुटवल उवासंघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, रुपन्देही जिल्लाका पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान सैजु,अखिलेस गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य लगायतले आ आफ्नो भनाई राख्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)