Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

  • 1.4K
    SHARES

  • कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

    काठमाण्डौ, जेठ १६ ।

    कतारी राजकुमारी आश्मा विन्त थानी अलथानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।

    कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहरीएकोमा खुशि व्यक्त गरेको छ ।  राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन जसले नेपाल भारतको सीमामा अवश्थिततेस्रोअग्लो हिमाल कंचनजंगाको सफल आरोहण गरेकी थिइन् ।

    राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फवाट सफल आरोहण गरेकी छन् ।आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेकोसपना पूरा भएको बताएकी छन् । साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् ।

    सपना देखेपछि त्यसलाइ पुरा गर्ने हिम्मत आउंने उनको भनाइ छ । जहां इच्छा त्यहां उपाय भन्ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाइ कुनै पनि समय पछ्यारह्यो। निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्ने बनायो । यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।
    सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालकोसफल आरोहण गरीसकेकी छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology