Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसले आफ्नो पहिचान गुमाएको छ,अहिलेको सरकार म्यादी हाे : एमाले अध्यक्ष ओली

काँग्रेसले आफ्नो पहिचान गुमाएको छ,अहिलेको सरकार म्यादी हाे : एमाले अध्यक्ष ओली

  • 1.5K
    SHARES

  • काँग्रेसले आफ्नो पहिचान गुमाएको छ,अहिलेको सरकार म्यादी हाे  : एमाले अध्यक्ष ओली

    बुटवल,जेठ १२ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् । ओलीले अहिलेको सरकार म्यादी भएको बताए।

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए । उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै  नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए ।

    ‘कार्यक्रम छैन, भिजन छैन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य सन्तव्य केही छैन’, ओलीले भने, ‘यति मात्रै होइन काँग्रेससँग नेकपा एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन ।’ उनले एमालेका कार्यक्रमको विरोध गरिन्ज्याल गर्ने तर हटाउने आँट पनि नभएको बताए ।

    ‘संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाए हुन्छ । सत्ताभोग बाहेक कुनै नीति छैन । त्यसका लागि जे जे पूर्वाधार गर्नुपर्छ गर्ने, नीति तथा कार्यक्रमले त्यही प्रमाणित गरेको छ, काँग्रेसले आफ्नो पहिचान पनि गुमाएको छ’, ओलीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology