Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पुन: प्रयाेग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम समापन

पुन: प्रयाेग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम समापन

  • 3.5K
    SHARES

  • पुन: प्रयाेग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम समापन

    बुटवल,जेठ ११ ।

    महिनाबारीका बेला प्रयोग गरिने सेनेटरी प्याड बनाउने तालिम समापन गरिएको छ ।

    एएचएफको आयोजनामा भएको तीनदिने पुनप्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिमको एक समारोहबीच बुटवलमा समापन गरिएको छ । तालिममा सहभागी २० जनालाई प्रमाणपत्र बितरण गरिएको हो ।

    एएचएफका संयोजक धर्मराज भट्टराईको अध्यक्षतामा  भएको कार्यक्रमको संचालन लुम्बिनी प्रादेशीक अस्पतालका एआरटि फोकल पर्सन भीम ज्ञवालीको गरेका थिए । अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसका अवसरमा तालिम चलाइएको र यसको प्रभावकारिता राम्रो भएको  संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।

    तालिममा अन्जु थापा र गंगा क्षेत्री प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । सो प्याड कटनको भएकोले पुन प्रयोगमा सरल र सहज हुने प्रशिक्षकहरुको भनाइ छ ।

    talimm.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology