Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा नगरपालिका मतगणना : मेयरमा काँग्रेसका खाँणको अग्रता कायमै

तिलोत्तमा नगरपालिका मतगणना : मेयरमा काँग्रेसका खाँणको अग्रता कायमै

  • 3.2K
    SHARES

  • तिलोत्तमा नगरपालिका मतगणना : मेयरमा काँग्रेसका खाँणको अग्रता कायमै

    तिलोत्तमा,जेठ ११ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणको अग्रता कायमै छ । २२ हजार मत गणना सकिँदादेखि अग्रता लिएका खाँणले ५५ हजार १९४ मत गणना सकिँदा ८२५ मतको अग्रता लिनुभएको छ ।

    बुधबार साँझ ६ बजे प्राप्त पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार खाँणले २० हजार ८५४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमाले उम्मेदवार मोहन चापागाइँले २० हजार २९ मत प्राप्त गर्नुभएको छ ।

    उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको जीत निश्चित भएको छ । उपमेयर पदमा गन्न बाँकी मत भन्दा पनि मतान्तर बढी छ । उपमेयरमा एमाले उम्मेदवार चौधरीले १९ हजार ६६८ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमन्त पाण्डेले ९ हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

    अर्थात उपमेयर पदमा ९ हजार ९११ मतान्तरले एमाले उम्मेदवार चौधरी अगाडी हुनुहुन्छ । अब ९ हजार ५०८ मत गणना गर्न बाँकी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology