बुटवल, वैशाख १०
बुटवल उपमहागनरपालिका वार्ड ९ का जनप्रतिनिधीहरुले विपन्न व्यक्तिलाई सहयोग गरेका छन् । उनीहरुले आफ्नो खर्चबाट विपन्न व्यक्तिको स्वास्थ्य बिमा र विद्यार्थीलाई अध्ययनको लागि नगद प्रदान गरेका छन् ।
बुटवलको इटा भट्टी बस्ने दीलिप सिंहको स्वास्थ्य बिमा गरिएका छन् भने बुटवल ९ मिलन चोक गुराँस पथ बस्ने विपन्न विद्यार्थीलाई १० हजार नगद दिएका छन् ।
कालिका मावि पढ्ने विद्यार्थीलाई कुसुम क्षेत्रीलाई वार्ड अध्यक्ष प्रदीप कुमार श्रेष्ठले नगद १० हजार रुपैयाँ अध्ययन खर्चको लागि प्रदान गरेका हुन् ।सो अवसरमा वार्ड नवनिर्वाचित पदाधिकारीहरुको उपथिति रहेको थियो ।
पहिलो काम स्वास्थ्य शिक्षाबाट सुरुवात गर्ने उदेस्यले क्षेत्री र सिँहलाई सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । यस्तै वार्डलाई भष्ट्राचार मुक्त बनाउनको लागि विभिन्न होडिङ्ग वोर्ड लेख्ने तयारी भएको वार्ड सदस्य भरत पुरीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)