Logo बिहिवार, आश्विन १ गते २०८३
images

ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

  • 3.0K
    SHARES

  • ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

    बुटवल,जेठ १०।


    ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।  महानगरको मतगणनास्थलबाट प्राप्त तथ्यांक अनुसार उहाँले ४२ हजार ९२९ मत प्राप्त गर्नुभयो।

    महर्जनले १२ हजार ९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण व्याञ्जनकारलाई पराजित गर्नुभयो। व्याञ्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्नुभएको छ।

    यसैगरी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५५२ मतसहित विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र० का बाबुराजा बज्राचार्यलाई पराजित गर्नुभएको हो।

    बज्राचार्यले १७ हजार ५८८ मत प्राप्त गर्नुभएको छ। ललितपुर महानगर प्रमुखमा यसअघि २०७४ सालमासमेत कांग्रेसका महर्जन निर्वाचित हुनुभएको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology