Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

शंकरनगर सामुदायिक वनले दियो महिलालाई स्वरोगार तालिम

शंकरनगर सामुदायिक वनले दियो महिलालाई स्वरोगार तालिम

  • 1.9K
    SHARES

  • शंकरनगर सामुदायिक वनले दियो महिलालाई स्वरोगार तालिम

    बुटवल,जेठ १० ।

    महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा  महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ ।

    सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले तालिम फलदायी भएको सहभागिको भनाई छ ।

    तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकले  कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।

    तालिमका प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।   डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएका मध्ये १० प्रतिशतले मात्र व्यवसायिकरुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राख्नुभयो । उहांले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भई  ब्यक्तित्व र नेतृत्वको समेत विकास हुने बताउनुभयो । 

    शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।

    तालिम समापन समारोहमा तिलोत्तमा वार्ड नं १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सहभागी दिपा थापा लगायतले सामुदायिक वनले वनको संरक्षण संगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology