बुटवल,जेठ ८ ।
लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको प्रथम बैठक तथा २०७९ सालको क्यालेण्डर बिमोचन कार्यक्रम बुटवलमा शनिबार सम्पन्न भएको छ ।
संघको यही बैशाख १० गते सम्पन्न ७ औं साधारणसभा तथा दोस्रो अधिवेशनबाट कमल छिनालको अध्यक्षतामा भएको निर्वाचित समितिको प्रथम बैठक तथा क्यालेण्डर बिमोचन सम्पन्न गरिएको हो । संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रताप परियारको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि परियारले संघमा आवद्ध सदस्यहरुको व्यवसायिक हितका लागि आफू निरन्तर लाग्ने बताए । उनले सिलाई व्यवसायीहरुको हितमा आफु सधै प्रतिबद्ध रहेको र व्यवसायीको दक्षता र क्षमता अभिवृद्धिका लागि नयाँ टिम अघि बढ्ने बताए ।
कार्यक्रममा संघले ५ जना सदस्यहरुलाई मनोनित गरेको छ । निर्मला विक, रामु बुढाप्रिती, टेक बहादुर परियार, अशोक दर्जी र रेल बहादुर परियारलाई मनोनित गरेको हो । यो संगै संघमा २३ सदस्यीय नयाँ नेतृत्वले पूर्णता पाएको छ । त्यस्तैगरी संघले प्रेस सल्लाहकारमा कृष्ण रणपाललाई चयन गरेको छ ।
प्रथम बैठकमा बोल्दै अध्यक्ष कमल छिनालले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरुको लागि ५ लाखको बिमालाई निरन्तरता दिने, स्थानीय तथा प्रदेश सरकारसंग समन्वय गरी व्यक्तित्व विकासका लागि तालिम दिने, रक्तदान एवं सामाजिक कार्यहरु गर्ने, नेपाली कालिगढलाई तालिम दिनेलगायतका महत्वपूर्ण कार्यहरु गर्ने बताए । संघका कार्यसमिति सदस्य राजु छिनालको स्वमगत मन्तप्यान भएको कायृक्रमको सञ्चालन सचिव देवेन्द्र परियारले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)