बुटवल,जेठ ६ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् ।
अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बसिउल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत ल्याए । यस्तै जनमत पार्टीका रामदेव यादवले ३ हजार ९ सय ८५ र जसपाका बछुलाल केवटले ३ हजार ८४ मत पाएका छन् ।
उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल ४ हजार ७ सय ५७ मत ल्याई विजयी भएकी छन । उनले ४ हजार ६ सय ५९ मत पाएकी नेपाली कांग्रेसकी मन्जु न्यौपानेलाई पराजित गरेकी छन् । जनमत पार्टीकी नर्वदा लोधले उपाध्यक्षको लागि ४ हजार १ सय ३८ मत र जसपाकी रेनु चौधरीले ३ हजार २ सय ८० मत पाए ।
वडा नम्बर १ मा एमालेका प्रदिप कुमार चौधरी ९ सय १ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्धिन धुनिया ५ सय ७८ मत ल्याई विजयी भएका छन ।
वडा नम्बर ३ मा गुलाब चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका राम अजोर यादव ५ सय १० मत सहित विजयी भएका छन । वडा नम्बर ४ मा नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मि ५ सय ५५ मत ल्याई विजयी भएका छन ।
वडा नम्बर ५ मा कांग्रेसकै विजय कुमार शर्मा विजयी भएका छन । शर्माले ८ सय ६४ मत पाए । वडा नम्बर ६ मा कांग्रेसकै राजकुमार लोध ५ सय ८९ मत पाएर विजयी भएका छन ।
वडा नम्बर ७ मा जनमत पार्टीका लाल बहादुर यादव ७ सय १ मत सहित विजयी भए । यस्तै वडा नम्बर ८ मा एमालेका भुवन बहादुर राना मगर वडा अध्यक्षमा दोहोरिएका छन । वडा नम्बर ९ मा एमालेकी मिना क्षेत्री विजयी भएकी छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)