Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको पकड भरतपुर ११ मा रेनु दाहालको अग्रता

एमालेको पकड भरतपुर ११ मा रेनु दाहालको अग्रता

  • 2.1K
    SHARES

  • एमालेको पकड भरतपुर ११ मा रेनु दाहालको अग्रता

    भरतपुर ,जेठ ५ ।

    भरतपुर महानगरपालिकाको सबैभन्दा बढी मतदाता रहेको वडा नम्बर एघार हो। जुन वडा एमालेले सधैं जित्दै आएको छ।

    पाँच दलीय गठबन्धन गर्दा पनि ७ हजार २८२ मत गणनामा ६९८ मतले एमालेका उम्मेदवार माओवादी केन्द्रका उमेदवारभन्दा अघि छन्।

    तर मेयरमा एमालेका बिजय सुवेदीमाभन्दा माओवादी केन्द्रका उमेदवार रेनु दाहाल १ सय ६१ मतले अगाडि छिन्।

    वडा नम्बर १० को गणनामा पछि परेका विजय सुवेदी यहि वडाबाट ॠण तिरेर अगाडि पर्ने आसमा थिए। तर रेनुको पक्षमा मत धेरै गएको छ। उक्त वडामा एमालेको मत रेनुलाई खसेको हो।

    वडा नम्बर १२ मा भने ३ हजार ४४० गणना गर्दा सुवेदी २ सय ३५ मतले अघि छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology