बुटवल,जेठ ४ ।
बुटवल उपमहानगरपालिकाका गणना भएका १२ वटा वडामध्ये १० वटामा गठबन्धन बिजयी भएको छ । अहिलेका मेयर शिवराज सुवेदीको वडा समेत रहेको बुटवल ७ का कांग्रेस बिजयी भएको हाे । ७ को वडाध्यक्षमा कांग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८५२ मतान्तरले विजयी भएका हुन् ।
पदमले २३४६ पाउँदा सीताले १४९४ मत पाइन् । अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार विजयी भएको कांग्रेस युवा नेता प्रजापाल गिरीले बताए ।
यो वडाबाट मेयरमा कांग्रेसलाई २१७१ मत र एमालेलाई १६०४ मत आएको हाे । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिएको हो । अब वडा नंं ८ देखि १४ सम्मतको नतिजा आउन बांकी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)