Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुर देउवाको निधन

प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुर देउवाको निधन

  • 3.7K
    SHARES

  • प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुर देउवाको निधन

    बुटवल,जेठ ३ ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएकाे छ ।

    देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा आज बिहान २ बजे निधन भएको हाे । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । 

    उहाँको पार्थिव शरीरलाई आजै बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । भाइप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा पशुपति जाँदै हुनुहुन्छ । उहाँ लामो समय क्यान्सर रोगबाट पीडित प्रेमबहादुर देउवाको क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो । 

    श्वासप्रश्वासमा समस्या आएपछि एक महिना पहिले वीर अस्पताल सारिएका उहाँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उहाँ लामो समयदेखि काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा  वीरेन्द्र देउवा र विक्रम देउवा, छोरी बिन्दु देउवा बम र श्रीमती सिन्धु देउवा राणा हुनुहुन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology