बुटवल,जेठ २ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालय जत्तिकै अटल र पुरानो रहेको बताउनुभएको छ ।
लुम्बिनीमा सोमबार आयोजित २५६६औँ बुद्धजयन्ती मूल समारोहलाइ सम्बोधन गदै उहाले नेपाल भारत सम्बन्ध थप बलियो र दीर्घकालिन बन्ने बताउनुभयो ।
सम्बोधनका शुरुवात नै नेपालीमा गर्नुभएका मोदीले भन्नुभयो —‘नेपालके बिना हमारे राम भी अधुरे हे’ । पटक पटक नेपाली भाषामा बोल्नुभएका मोदीलाइ बाक्य पिच्छे कार्यक्रममा सहभागिले ताली तथा हुटिङ नै गरेर उत्साहित बनाएका थिए ।
उहाले बुद्ध जयन्तीको दिन नै मायादेबी मन्दीर दर्शन गर्न अवसर मिलेकोमा अविश्मरणीय रहेको भन्दै यहां आउदा आफुलाइ अत्यन्तै आनन्द लागेको बताउनुभयो ।
मोदीले नेपालका लुम्बिनी मात्र नभएर पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामजस्ता ऐतिहासिक धार्मिक स्थलले नेपाललाई संसारभर चिनाएको उहाको भनाइ छ । नेपालसँग भारतको सम्बन्ध अतुलनीय भएको बताउनुहुँदै उहाँले नेपाल सांस्कृतिक मात्र नभएर सगरमाथाको देश र मन्दिरको देश भएको समेत उल्लेख गर्नुभयो ।
लुम्बिनीजस्ता ऐतिहासिक क्षेत्रको विकासमा भारतले सधै सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी समेत गर्नभयो । सम्बोधनको अन्तमा उहाले तीन पटक नमोः बुद्धाय उच्चारण गर्दै आफ्नो भाषण समापन गर्नुभएको थियो ।
सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा,देउवा पत्नी आरजु राणा देउवा,पर्यटनमन्त्री प्रेम आले,लुम्बिनी बिकास कोषका अवधेश त्रिपाठीको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)