बुटवल,जेठ २ ।
बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका नरिश्वर शर्मा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १ हजार ९२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार टंकप्रसाद पराजुलीले एक हजार ४२ मत प्राप्त गरेका छन् ।
पराजुली यस अगाडी वडा अध्यक्ष थिए ।
वडा अध्यक्षमा निर्वाचित शर्मा बुटवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष समेत हुन् । वडा सदस्यहरुमा गठबन्धनका उम्मेदवारहरु अरुणकुमार श्रेष्ठ र गफुर मिया, महिला वडा सदस्यमा पुनम थापा र दलित महिला सदस्यमा प्रमिला नेपाली विजयी भए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)