भैरहवा,वैशाख ३१ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिईरहेको छ।
१२०० मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ५९८, राप्रापाका सागरप्रताप राणाले २७४ , जसपाका मातृका प्रसाद यादवले १०९ र एमालेका डा. रामप्रसाद बस्यालले ९४ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले ४३३, राप्रपाकी विनिता गुप्ताले २७३ र एमालेकी उमा अधिकारीले ९७ मत ल्याएकी छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)