Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलको मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध

बुटवलको मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध

  • 2.1K
    SHARES

  • बुटवलको मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध

    बुटवल, ३१ बैशाख ।

    बुटवल उपमहानगरपालिका मतगणना स्थलमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाईएको छ।

    निर्वाचन अधिकृत लेखनाथ पौड्यालले माथिको आदेश भन्दै पटकपटक आग्रह गर्दा पनि पत्रकारलाई प्रवेश रोक लगाएका हुन। नेपाल टेलिभिजनलाई मात्र खिच्ने स्वीकृति रहेको गेटमा खटिएका प्रहरी जवानले बताए।

    हिमालय टिभि प्रदेश उपप्रमुख ललित पाण्डेले अधिकृत पौड्याललाई फोन गरेर स्वीकृति मागेपनि विभिन्न बहानामा रोकेको गुनासो गरे।

    शुक्रबार राति अबेरबाट शुरु भएको मतगणना स्थलमा पछिल्लो समय वडा नं १ को ९ सय मत गनेर सकिएको छ। गणकहरुको संख्या, दलका प्रतिनिधिहरुको कमिका कारण मतगणना ढिलाई भएको उनले बताए। यसैगरि उपमेयर पदमा धेरै मत बदर रहेको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology