गुल्मी,वैशाख ३१ ।
गुल्मीमा माओवादी कार्यकर्ताले धुर्कोट ४ जैशिथोकका अध्यक्षका उम्मेदवार गोपाल थापामाथि आक्रमण गरेका छन् ।हिजाे गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरेर बसिरहेको अवस्थामा उनीहरुले आक्रमण गरेका हुन ।
रक्सिको बोटल , हेल्मेट , ढुंगा र फलामका रडले आक्रमण गर्दा वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको छ ।
त्यस्तै घाइते हुनेमा निरन्जन कुवँर, सन्जय लगायतका युवा गम्भिर घाइते भएका छन । माओवादीका नेता एबम पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेको उनको आराेप छ ।
घटनास्थलमा संगै भएका गणेश भण्डारीका अनुसार उनिहरुले मदिरा सेवन गरि आएर भुपाल पोख्रेलको आडमा मार्ने सम्मको धम्की दिदैँ टाउकोमा र शरिरमा गम्भीर चोट लागेको छ ।
दिउँसो मात्र कांग्रेस गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र प्रसाद भण्डारीमाथी नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
घाइतेहरुलाई जिल्ला अस्पतालबाट काठमाडौ रिफर गरिएको छ । मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो । कांग्रेसले माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिएसम्म गणना गर्न नदिने निर्णय गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)