Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्थानीय तह निर्वाचन : मतदानको समय सकियो,भोट हाल्नेहरू लाइनमै

स्थानीय तह निर्वाचन : मतदानको समय सकियो,भोट हाल्नेहरू लाइनमै

  • 3.1K
    SHARES

  • स्थानीय तह निर्वाचन : मतदानको समय सकियो,भोट हाल्नेहरू लाइनमै

    बुटवल,वैशाख ३० ।

    स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ तर मतदाता भने लाइनमै छन् । । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । 

    समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।  निर्वाचनका क्रममा आज देशभर ६७ ठाउँमा झडप भएको छ ।

    निर्वाचन पुनःशुरू भएलगत्तै दोलखा, रामेछाप, रुकुमपश्चिम, धनुषा, पर्सा, डोल्पा, गोरखालगायतका जिल्लाहरूमा धेरै झडप भएका थिए । 

    प्रहरीले घटना नियन्त्रण लिनका लागि देशभरमा १०० राउण्डभन्दा धेरै हवाई फायर गरेको थियो । सप्तरीका २ मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ ।  निर्वाचन आयोगले आज साँझबाट नै मतगणना गर्ने गरी तयारी थालेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology