स्याङ्जा,वैशाख ३० ।
स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
वालिङ १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रबीन्द्र खनालले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।
प्रहरीका अनुशार घाईते हुनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुेको बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैलाई उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ ।
सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेको छ उहाँको वालिङमै उपचार भईरहेको छ ।।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)