गुल्मी , ३० वैशाख ।
गुल्मी ९ धुर्कोट गाउँपालिका वडा नम्बर २ नयाँगाउँमा माओवादीका कार्यकर्ताद्वारा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार महेन्द्र प्रसाद भण्डारीमाथी हातपातको प्रयास भएको छ ।
अध्यक्षका प्रत्यासी भण्डारी मतदान केन्द्रको अबलोकन गर्न जानेक्रममा हातपातको प्रयास हुनुका साथै तथानाम गालीगलोज गरेको स्थानिय प्रकाश पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार उग्र माओवादी कार्यकर्ताले जवर्जस्त मुख छाड्ने र भण्डारीलाई एक ढंगले हातहालाहालको अवस्था आएको उनले बताए ।
हातपातको प्रयास भएपछी प्रहरीको टोली घटनास्थलमा पुगी भण्डारीलाई सुरक्षीत ठाउँमा लगिएको हो । हातपात गर्ने माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणको प्रयास गर्न कोसिस गरिरहेको छ भने उग्र कार्यकर्ताले झनझन बिबाद निम्त्याएको कारणले गर्दा नयाँगाउँको स्थिति तनाबग्रस्त छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)