Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चुनाव हुँदैन,गराउँदैन भन्थे,आज मतदान त भइरहेको छ : प्रधानमन्त्री देउवा

चुनाव हुँदैन,गराउँदैन भन्थे,आज मतदान त भइरहेको छ : प्रधानमन्त्री देउवा

  • 2.2K
    SHARES

  • चुनाव हुँदैन,गराउँदैन भन्थे,आज मतदान त भइरहेको छ : प्रधानमन्त्री देउवा

    डडेल्धुरा, वैशाख ३० ।

    प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइएको थियो तर आज देशभर निर्वाचन भइरहेको बताउनु भएको छ ।

    डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्नु भएपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘चुनाव हुँदैन, गराउँदैन भन्थे,आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि रु’’  

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रचार प्रसारको क्रममा देउवा नेतृत्वको सरकारले चुनावै गराउँदैन भनी व्यक्त गर्नुभएका विचारप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाको यस्तो भनाइ आएको हो ।

    मतदानमा लागि प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्लामै रहनुभएको छ । गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको हो ।

    प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गर्नुभएको हो । उहाँको घर विद्यालयको पूर्वतर्फको मटेला गाउँमा छ । उहाँको जन्मघर मटेला गाउँ र मतदान केन्द्रको बिचमा रुवाखोला नामको खोला पर्छ  । यसै खोलाको नामबाट यस क्षेत्रको नाम रुवाखोला रहन गएको हो । खोलाछेउमै असिग्राम देवताको मन्दिर पनि छ ।

    यसै मन्दिरको नामबाट विद्यालयको नामकरण गरिएको हो । तत्कालीन अवस्थामा यो क्षेत्र असिग्राम गाविस थियो । पाँचवटा गाविसलाई समेटेर गन्याधपुरा गाउँपालिका बनाइएको हो । डडेल्धुरामा कुल मतदाता सङ्ख्या ९० हजार ११९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology