Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सङ्घीयता विकासका लागि फलदायी : रामचन्द्र पौडेल

सङ्घीयता विकासका लागि फलदायी : रामचन्द्र पौडेल

  • 2.5K
    SHARES

  • सङ्घीयता विकासका लागि फलदायी : रामचन्द्र पौडेल

    दमौली, वैशाख ३०  ।

     नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

    मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताउनुभयो  ।

    उहाँले भन्नुभयो“सङ्घीयता विकासका लागि फलदायी भएको छ ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ”

    वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राख्नुभयो ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology