बुटवल,बैसाख २९ ।
मौन अवधिमा मतदाता प्रभावित गर्न घरघर हिडेका एमाले कार्यकर्ता लखेटिएका छन् । बुटवल दीपनगरमा सरकारी कर्मचारी कल्पना थापाको नेतृत्वमा मतदातालाई भेट्दै हिडेको टोलीलाई स्थानीयले लखेटेका हुन् ।
गाडीमा उम्मेद्वार र पैसा लिएर हिडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेको स्थानीयले बताएका छन् ।
उनीहरू वडाका उम्मेदवार सहित भोट माग्दै पैसा दिने योजनाका साथ घरघरमा आएको स्थानीयले बताए । स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरूको टोली भागेको छ ।
वडाध्यक्षका उम्मेदवार रमेश नेपालले बाँडे रकम !
बुटवल-२ मणीमुकुन्दटोल स्थित भबिलाल थापाको घरमा मत दाता प्रभाबित पारी भोट किन्नका लागि पैसा दिन गदै गरेको अबस्थाको भिडीयो स्थानियले खिचेर सार्वजिनक गरेका छन् ।

भिडियाेमा वडाध्यक्षका उम्मेदवार रमेश नेपालले गाेजीबाट पैसा निकालेर गन्दै गरेका छन् उनले पैसा दिइरहेका छन् ।त्यस्तै बुटवल १३ बेलबासमा एमाले उपाध्यक्षसहितका ब्याक्तिहरु नमस्ते पार्टी प्यालेसमा भाेज चलाएपछि प्रहरीले प्यालेस नै शील गरेको छ ।
साेनुले ५ लाख पैसा बाँडे !
यस्तै ओमसतिया वडा नम्बर ४ मा एमाले उम्मेदवार मन्जित यादव सोनुले ५ लाख पैसा बाँडेको प्रमाण फेला परेको छ । नेकपा एमाले अध्यक्ष पदका उम्मेदवार मन्जित यादव सोनुले ओमसतिया गाउँपालिका वडा नम्बर ४ को मटेरिया गाउँमा मतदाताहरु पैसा बाँडेका हुन् । उनलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
अपरान्ह ६ बजे तिर आफ्नो निजि गाडी प्रदेश ३-०१० - २४६७१७ नम्बर को गाडी प्रयोग गरि रकम बाँडेएको भेटिएको हो ।यसैगरी एमाले अध्यक्ष पदका उम्मेदवार सोनुले मतदाताहरु लाई पाँच लाख लिएर बाडेको थाहा पाए पछि माओवादी कार्यकार्ताले प्रहरी खबर गरि बोलाएका हुन् ।
जसमा एमाले उम्मेदवार सोनु रकम सहित पक्राउ परि नियन्त्रणमा पछि केही समयमा प्रहरीले छोडिएको हो । यसमा एमाले र माओबादीले एक आपसमा दाेषाराेपण गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)