बुटवल,बैसाख २९ ।
ईभिनिङ वाकमा हिडेको समयमा भोट माग्यो भन्दै आफ्नो चरित्र हत्या गर्ने काम भएको बुटवल ८ का कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनीले बताएका छन् ।
आफ्नो साथमा कुनै प्रचार सामाग्री नभएको भन्दै उनले एमाले कार्यकर्ताहरुले चुनावी फण्डा गरेको पंगेनीले बताए । उनले निर्वाचन हार्ने निश्चित भएपछि अतालियताको मानसिकताको उपज भएको बताउदै कुप्रचारको पक्षमा नलाग्न आग्रह गरे ।
एमाले नेताहरु घर घरमा पुगेर मतदाता प्रभावित गर्ने काम गरेको भन्दै पंगेनीले यस्ता क्रियाकलापमा निर्वाचन कार्यालय र सुरक्षा प्रशासनले ध्यान दिनु पर्ने माग गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)