Logo बिहिवार, आश्विन १ गते २०८३
images

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

  • 2.0K
    SHARES

  • म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    म्याग्दी,बैसाख २८ ।

    उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मंगलबार बेलुका नारच्याङ स्थीत निलगिरी हाइड्रोपावरका लागि मकवानपुरको हेटौडाबाट सिमेन्ट ल्याएर अनलोड गरी भुरुङ तातोपानी तर्फ फर्कदै गर्दा मालारानी भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो  ।

    बेनी–जोमसोम सडक खण्ड अन्तरगत भूरुङतातोपानी देखि अन्दाजी १५ किलोमिटर सहायक सडकमा दुर्घटना हुँदा गाडी सडक भन्दा करीब ६० मिटर तल खसेको ढकालले बताउनुभयो ।

    गाडीका चालक मकवानपुरको कैलास गाउँपालिका–५ का ३४ वर्षीय सन्तबहादुर तितुङ र अन्नपुर्ण गाउँपालिका–१ दोवा म्याग्दीका ४३ वर्षीय ट्रकका मालिक खुमबहादुर राम्जालीको मृत्यु भएको हो ।

    दुर्घटनामा परे पछि दुवै जनालाई उपचारका लागि अस्पताल ल्याई पुर्याउँदा मृत्यु भै सकेको बेनी अस्पतालका निमित्त मेडीकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो ।अस्पतालसम्म आइपुग्दा सम्म दुवै जनाको मृत्यु भै सकेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology