बुटवल,बैसाख २७ ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १२ विकासका हिसावले पछि परेको छ । तिनाउ पारिका वडाहरू बुटवलका कर्णाली भनेर चिनिन्छन् ।
वडाहरूको समानुपातिक बिकास नहुँदा समस्या देखिएको हो । यहि समस्या समाधान गर्न र वडालाइ विकासमा अब्बल बनाउन नेपाली कांग्रेसले बुटवल १२ मा परिचित समाजसेवी डिल्ली प्रसाद शर्मा आचार्यलाइ वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
३० गते हुने स्थानीय तहको चुनावमा उनले विकासे योजना सार्बजनिक समेत गरेका छन् ।राजनीति संगसंगै सामाजिक क्षेत्रमा अग्रसर रहेर निरन्तर काम गरेका उनी समाजसेवा मूल धर्म मान्दछन् ।
एमविए सम्मको अध्ययन गरेका डिल्ली प्रसाद शर्मा आचार्यले तत्कालीन समयमा पाल्पा स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा २०३६ सालमा देखि २०३७ सम्म नेपाल विद्यार्थी संघको इकाई सचिव रहेर आफ्नो राजनीति यात्रालाई अगाडि बढाए।
त्यससंगै तत्कालीन समयमा बुटवल उपमहानगर पालिका १२ साविकको तामनगर गाविस सचिव रहेर २०३४ देखि २०४८ सम्म सेवा गरे । नेपाल सरकार संस्थान तर्फ लेखा अधिकृत २०४४ देखि २०५५ र प्रबन्धक लिमिटेड कम्पनीमा २०५५ देखि २०५९ काम गरे ।

त्यसैगरी नेपाली काँग्रेस बडा सभापति २०५९ देखी २०६१ , नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि २०७८ देखि हाल सम्म , नेपाली काँग्रेस पूर्व क्षेत्रिय सदस्य रुपन्देही , संस्थापक अध्यक्ष मुक्तिनाम धाम , २०६० देखि २०६३ सम्म नयाँगाउँ मावि र २०६२ देखि २०६४ सम्म कार्यकारी सदस्य उद्योग वाणिज्य संघमा रहि सेवा गरे ।
त्यस्तै २०७३ देखि २०७६ सम्म नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष र सह कोषाध्यक्ष विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालमा रहेर अनुभव बटुले ।
उनले सार्वजनिक गरेको घोषणापत्र पुर्ण पाठसहित
सुशासन :
नेपाल सरकारले जारी गरेको नागरिक वडापत्र अनुसार छिटो छरितो तथा सेवाग्राहीको इच्छाअनुसार समयमै काम सम्पन्न गरिने छ। शिक्षा वडामा रहेका दुबै माविमा प्राविधिक शिक्षा संचालन गरिने छ।
वडामा रहेका सबै बोर्डिङ स्कुलमा प्राविधिक शिक्षा उपलब्धताको लागि प्रेरित गर्ने र अति विपन्न विद्यार्थीलाई निस् शुल्क पढ्ने वातावरण मिलाउने
यस क्षेत्रकै पवित्त धाम मुक्तिनाथ र शिवपुरी धाममा संस्कृत विषयको कक्षा सञ्चानल गरिने छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आङिक क्याम्पसमा विषय थप गरि व्यवस्थापन गरिने छ ।
फरक क्षमता भएका अपांग विद्यार्थीहरुलाई निस्शुल्क पोसाक र स्टेशनरी उपलब्ध गराइने छ।
स्वास्थ :
वडामा रहेका उप स्वास्थ चौकिको स्तर उन्नति गरि स्वास्थ चौकिमा परिणत गरिनुका साथै उपकरण व्यस्थित गरिने छ।
स्वास्थ चौकिमा १० सैयाको वेड थप गरी तामनगरमा उप – स्वास्थ चौकीको निर्माण गरिने छ।
जेष्ठ नागरिकको वार्षिक १ पटक निशुल्क स्वास्थ परिक्षण गरिने छ ।
खानेपानी :
ज्यामिरे वस्तिमा ५ हजार लिटरको पानी टंकी बनाई प्रत्येक घरमा खानेपानी पाइप विस्तार गरी स्वच्छ पानी व्यवस्था मिलाइने छ। नवदुर्गा कपन , तामनगर , राजपुर तथा नयाँगाउँ खानेपानी संस्थालाई अवश्यक्ताअनुसार स्तरउन्नति गरिने र वडा वासिलाई सुलभ र स्वच्छ पानीको व्यवस्था मिलाइने छ।
खानेपानी अभाव र बढ्दो सहरीकरणको मध्यनजर गर्दै बोरिङ थप गरिने छ ।
भुमी तथा आवास :
वडामा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेका सुकुम्बासीलाई २०७९ माघ महिनाभित्र सुलभ दरमा सुकुम्बासीको पहिचान गरि लालपुर्जाको व्यवस्था मिलाइने छ।
फुसको छानो भएका घरहरूलाई उप९ महानगरपालिकाको सहयोगमा कर्कट जस्ता पाता निशुल्क उपलब्ध गराई छानो लगाउने छ ।
कृषि तथा सिचाइ :
कृषि योग्य जमिनमा व्यवस्थित कुलो निर्माण गरि सिचाईको व्यवस्था मिलाइने छ। तामनगर सिचाइ नहुने कृषि योग्य जमिनमा ट्युबवेलको व्यवस्था गरिने छ । कौसी खेती र करेसाबारी निर्माण गर्नलाई प्रोत्साहन गरिने छ। सुपथ मुल्यमा विउ बिजन , किटनाशक औषधिको व्यवस्था मिलाई कृषकहरुलाई उपलब्ध गराइने छ।
कृषकलाई व्यवसाय मुलक कृषि तालिम प्रदान गरिनेछ ।वडा कार्यलय भेटनरी पोस्टको व्यवस्थापन गरिने छ।मध्यम स्थरको कोल्डस्टोर भवन निर्माण गरिने छ।
भौतिक पुर्वाधार :
वडाभित्र रहेका ग्राभेल नभएका बाटा ग्राभेल भैसकेका बाटालाई पिच गरिने छ। वडाको मुख्य बजार ताम नगर र नयाँगाउँ चोकमा १०५ फुटको परिधिभित्र रहि आकाशे पुलको निर्माण गरिने छ ।
दानव नदि खहरे ठाडा खोलामा तटबन्ध गरी नदि उकास जमिनको संरक्षण र सवर्धन गरिने छ ।
ट्रान्सफोर्ट भिलेजको लागि वैकल्पिक बाटो निर्माण गर्ने र बाटो कालेपत्रे गरी दुबैतिर रुख रोपि हरियाली पथको निर्माण गरिने छ।तामनगर , ढवाह , नयाँगाउँमा कृयापुत्री भवन निर्माण गरि बद्ने व्यवस्था मिलाइने छ ।
यस वडामा विधुत प्रसारण कार्यलय स्थापना गर्न विधुत अफिससंग सहकार्य गरिने छ।वडा भरका सडकमा सडक बत्तिको व्यवस्था पनि गरिने छ।
रोजगारको सिर्जना :
बेरोजगार युवा युवतिलाई प्राविधिक शिक्षाको तालिम दिई रोजगारको व्यवस्था मिलाइने छ।
उद्यमशिल तथा एकल महिलाहरुलाई विभिन्न प्रकारको तालिम दिई स्वरोजगार बनाइने छ।
खेलकुद :
वडामा रहेका सम्पूर्ण क्लबहरूसँग सामन्वय गरी सम्पूर्ण खेल मैदानलाई स्तरउन्नति गरी खेल खेल्ने
वातावरण मिलाइने छ।
चारपाला रङ्गशालाको स्तरउन्नति गरी फुटबल तथा किकेट मैदानको व्यवस्था गरिने, तामनगर ब्याडमिन्टन क्लबको स्तरउन्नति गरी कभर्ड हलको निर्माण गरिने छ।धार्मिक स्थाल तथा पर्यटकीय क्षेत्र,शिवपरी पित स्मृति धामको स्तरउन्नति गरी धार्मिक तथा पर्यटकीय हिसाबले यसको गौरव बढाउने छ ।
मुक्तिनाथ धामलाई विकास समितिमा रुपान्तरण गरी धामका लागि केन्द्रमा बजेट व्यवस्था मिलाइने छ।
ग्लोबल पिस पार्कमा ध्यान केन्द्र मेडिटेसन भवनको निर्माण गर्न नगर, प्रदेश र केन्द्र सरकारसँग सामन्वय गरी निर्माण गरिने छ। वडामा रहेका धार्मिक तथा पर्यटकीय मठ९मन्दिर, गुम्बाको स्तर उन्नति गरिने छ। संस्कृति जगेर्नका लागि दसैंमा लाखे नाच, सराय नाचहरूलाई नियमित सञ्चालन गरिने छ ।
पार्क तथा सामुदायिक भवन:
।
चारपाला सामुदायिक वन अन्तर्गतको मिलन पार्कलाई गुरुयोजना अनुसार विकास गरिने छ । वडाको टोल नम्बर १मा रहेको शान्ति बुद्ध पार्कलाई व्यवस्थित गर्दै बुद्धको मूर्ति प्रस्थिापन गरिने छ।
गणेश टोल स्थित रिभर भ्यु पार्कको स्तरउन्नति गरी व्यवस्थित रूपमा निर्माण गरिने छ। चारपाला पूर्व सैनिक क्लबको सभाकक्ष व्यवस्थित गर्दै वातावरण अनुकूल बनाइने छ।
वातावरण :
नयागाउँ शर्मा पथ भन्दा माथि वर्षायाममा पानी जम्ने हुँदा भूमिगत ढलको निकासको व्यवस्था मिलाइने छ ।सरसफाईको लागि वडामा रहेको खानेपानी संस्था र उप-महानगरपालिकासँग समन्वय गरी सरसफाई
कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने छ।
वडामा रहेका बाटाहरूमा दुवैतिर रुख रोपी हरियाली वडा बनाई वातावरणको व्यवस्था मिलाइने छ। विविध
यस वडामा रहेका विभिन्न संघ संस्थाहरू आमा समूह, युवा क्लब, भ।प। सैनिक, टोल विकास समिति अध्यक्ष तथा वडाका बुद्धिजीवी वर्गहरूसँग सहकार्य गरी सल्लाह अनुसार विकास निर्माण तथा तालिम गोष्ठी गरिने छ ।
युवा लक्षित कार्यक्रम :
स्वरोजगार सम्बन्धी कार्यक्रम टिभी, प्रिज, तथा इलेट्रिक तालिम,प्लम्बिङ्ग, घर वायरिङ्ग २९फेस, ३९फेस तालिम
लेखा तालिम:
नेतृत्व विकास, समय व्यस्थापन र प्रतिवेदन लेखन तालिम कम्पुटर तालिम, ब्युटिसियन तालिम,खेलकुद संघ युवा
नियमित रूपमा वडा स्तरिय फूटबल, भलिबल, किकेट खेलकुदहरू आयोजना गर्ने।वडाभित्र रहेका सम्पूर्ण खेल मैदानलाई स्तरउन्नति गरी नियमित रूपमा खेलकुद आयोजना गर्ने गराउने।
पवित्र युवा क्लबको खेलमेदानमा इन्डोर ब्याडमिन्टन कभर्ड हल निमार्ण गरिने छ ।इमुलेसन क्लबको खेल मैदान, एथ्लेटिकका लागि मैदान निर्माण गरिने छ। नयाँगाउँ उच्च मावि को खेलमैदानमा भलिबल, ब्याडमिन्टन निर्माण गरिने छ।
महिला लक्षित कार्यक्रम :
महिला उद्यमशीलताका लागि सीपमूलक सिलाई, कटाई, बुटिक आदिको व्यवस्था मिलाइने छ। सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रा तथा गरिब विपन्न वर्गका महिलालाई निःशल्क सेनेटरी प्याड उपलब्ध गराइने छ।
सुत्केरी हेरचाह कार्यक्रम संचालन गरिने छ।महिला हिंसा न्यूनीकरण गरी न्याय स्थापित गरिने छ ।महिलालाई आर्थिक सामाजिक, शैक्षिक तथा सबल बनाउन प्रशिक्षण तथा नियमित तालिम प्रदान गरिने छ।
बालबालिका तथा जेष्ठ नागरिक लक्षित कार्यक्रम :
प्रत्येक टोलमा सा९साना पार्क र बाल उद्यान निमार्ण गरिने छ ।जेष्ठ नागरिकलाई धार्मिक यात्राको व्यवस्था गरिने छ ।
जेष्ठ नागरिक अति विपन्न वर्गलाई निःशुल्क स्वस्थ परीक्षण तथा स्वास्थ्य सेवा उपलब्ध गराइने छ।विकासमा प्राथमिकता,चारपाला बगैंचालाई वन क्षेत्रमा समेटेर वृहत् उद्यान निर्माण गरिने । पार्क, ट्रेकिङ्ग, मनोरञ्जनका विविध
कार्यक्रम,सुपा देउराली बहुउद्देश्य पोखरी निर्माण गरिने । ९४५० मि सम्म पोखरी रहने बिचको अग्लो भागमा सुन्दर पार्क, हरित पद यात्रा पोखरीदेखि चारपाला उद्यानसम्म
एयरपोर्ट आर्दशनगर, भैरहवा क्षेत्रलाई ट्रास्पोर्ट नगर क्षेत्र घोषणा गरी त्यस क्षेत्रका बाटाघाटा र कल्बर्टलाई
नगर स्तरीय योजनाभित्र समावेश गर्ने । वडाभित्रका अव्यवस्थित क्षेत्र पहिचान गरी त्यस्ता सिमान्तकृत क्षेत्रलाई विकास गर्दा प्राथमिकता दिने र सिमान्तकृत वर्गलाई महसुस हुने गरी विकास र सामाजिक योजना कार्यान्वयन गर्ने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)