बुटवल,वैशाख २६ ।
रूपन्देहीको तिलोत्तमा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा गोविन्द प्रसाद भुसाल उम्मेदवार छन् । वडालाइ बिकासमा नमुना बनाउने उनको योजना छ ।
बैसाख ३० मा हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उनले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेर मतदाता भेटघाटमा ब्यस्त भएका छन् ।
उनले वडामा रहेको जनज्योति मा।वि को स्तरोन्नति गरी अङ्ग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुने व्यवस्था गरिने र प्राविधिक तथा सीपमूलक शिक्षाको पठनपाठनको पनि सुरुवात गरिने नागरिक अनलाइनसंग बताए ।
निर्माणाधीन अवस्थामा सीमानगरमा रहेको शान्ति चिल्ड्रेन पार्कको स्तरोन्नति गरिने, निर्माणाधीन अवस्थामा रहेको किरियापुत्री भवनलाई छिटोभन्दा छिटो पूरा गरिने,वडाभित्रका सरकारी भवनहरूलाई अपाङ्गता मैत्री बनाइने बताए।उनले १० नम्बर तपाहा चोकदेखि उत्तरतर्फ वडा नम्बर ३ को सीमानासम्मको सडकको दाँयावाँया नाला बनाई आवश्यक स्तरोन्नति गरिने उल्लेख गरे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)