बुटवल,बैसाख २६ ।
बुटवलमा युवा पुस्तामा सफल ब्यबसायी हुन् दीपक श्रेष्ठ । बुटवल उपमहानगरपालिकाकाको वडा न ६ मा उनै श्रेष्ठ राप्रपाबाट वडाध्यक्षको दाैडमा छन् ।
युवाको नेतृत्व भन्दै व्यवसायबाट राजनीतिमा प्रवेश गरेका उनी अब राजनीतिबाट समाजसेवा गर्ने चाहाना रहेको बताउँछन् ।
देशमा धेरै सरकार आएपनि युवा र ब्यवसायको हितमा काम हुन नसकेको देखेर केहि गर्ने चाहानासहित आफू राजनीतिमा लागेको नागरिक अनलाइनसंग बताए ।
उनी आफुलाई राप्रपाको मुद्दा राम्रो लागेर राजनीतिमा आएको बताउछन । भष्ट्राचारको बिरुद्धको नारा र युवा नेतृत्वलाई अवसर दिएको हुँदा आफु राप्रपामा आर्कषित भएको बताए ।
लाहुरे बुबासंगै बुटवलमा हुर्किएका उनि बिसं २०५७ सालमा रोयल फेन्सीबाट ब्यापारमा हात हालेका थिए । त्यसपछि लगतै जिप्पर शुभारम्भ गरे । बुटवलमा २०५७ साल सम्म पनि आधुनिक सजावतको आकर्षक पसलहरु थिएनन् । बुटवलमा नै ठुलो लगानीमा साजसजावटको पसल खोल्ने उनि पहिला युवा हुन् । राम्रो नाम र दाम कमाएका उनको यो पेशाप्रति धेरै आर्कषिक भए । बुटवलको ब्यापारमा नया आयाम दिए । बुल्ज आईज क्याफे खोलेर बुटवलबासीलाई अर्गानिक कफिको स्वाद चखाउने काम पनि दिपकले नै गरे ।
सामान्य व्यवसाय हुँदा देखि नै बुटवलमा मारुती कार चढेका उनी त्यसपछि भने पछि फर्कन परेन । ब्यापारबाट नाफा कमाएर गाडी चढेका उनी यसको मर्मत गर्न काठमाडौं वा भारत जानुपर्ने समस्या थियो ।
यस्तोमा उनी लागे फेरि सानो गाडीको सर्भिसिङमा । बिस्तारै हुदाहुदै गाडीको बिक्री बितरणमा जोड दिए । निशानबाट शुरु गरेका उनी अहिले एक दर्जन बढी लक्जरियस सवारी बिक्रि वितरण र सर्भिसिङको सेवा दिदै आएका छन । कामबाट नै अगाडि बढेका उनको परिवार नै ब्यापारमा छ ।
बुटवलको बाटोका कारण नै समस्या परेको बुटवलबासी पिडालाई आफु जनप्रतिनिधिको रुपमा चुनिएपछि समाधानमा पहल गर्ने बताए । करीब १ अरब लगानीमा संचालन भएको अटो भिल्ला प्रालिमा डेढ सय बढी कर्मचारी छन ।
‘म आफै ब्यावसायी हो काम गरेर आफुलाई पुगेको छ तर राजनितिमा आउनुको मुख्य उद्देश्य सेवा गर्ने हो ।’ उनले सुनाए ।
वडाअध्यक्ष भए आफुले त्यो क्षेत्रको सरसफाई र खानेपानीको मुल समस्यालाई हटाउने उनले प्रतिवद्घता जनाए । सरसफाई अभियान, बाटाको निर्माण, स्थानिय लिभिङ स्ड्याण्डर चेन्ज गराउने गरि उनले योजनाहरु बनाएका छन् । एउटा वडा कार्यालयबाट आम नागरिकले पाउने सेवासुविधाहरुमा सहजता ल्याउने, जन्मदर्ता र मृत्युदर्ता सहजता ल्याउँदै घरघरमै सेवा प्रवाह गर्ने, टोलको सुरक्षाका लागि आवश्यक सिसिटिभि क्यामरा जडानको ब्यवस्था गर्ने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)