Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा २५६६ औं बुद्ध जयन्ती मनाउने तयारी

लुम्बिनीमा २५६६ औं बुद्ध जयन्ती मनाउने तयारी

  • 2.5K
    SHARES

  • लुम्बिनीमा २५६६ औं बुद्ध जयन्ती मनाउने तयारी

    बुटवल,बैसाख २५ ।

    बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा २५६६ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । यसपटक बुद्ध जयन्ती चार दिनसम्म मनाइने लुम्बिनी विकास कोषले जनाएको छ  ।

    दिवसको अवसरमा जेठ १ गते देखि ४ गतेसम्म बिभिन्न कार्यक्रम हुनेछन् । करिब १ करोड खर्च अनुमान सहित कोषले दिवस मनाउने तयारीमा जुटेको हो । कोषद्वारा लुम्बिनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र लुम्बिनी दिवस भव्य रुपमा मनाउने जनाएको हो ।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भएको जानकारी दिए । त्यसका लागि विभिन्न उपसमितिहरुले काम गरिरहेको उनको भनाइ छ ।

    बुद्ध जयन्तिकै अबसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको पनि उद्घाटन गरिने छ। हलको बुद्ध जयन्तीकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ । २५६६ औ बुद्ध जयन्तिकै अवसरमा जेष्ठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवम देवदहको भवानीपुरमा बिहान बौद्ध पुजा तथा दिप प्रज्वलन गरिने छ । रामग्राम नवलपरासीमा १ जेष्ठ सांझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान हुनेछ ।

    जेष्ठ २ गते विहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ विहान ७ बजे मायादेवी परिसर देखि शान्ति दीपसम्म शोभा यात्रा, विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उद्घाटन गरिनेछ । यस्तै विहान १० बजे देखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरि मनाइने शाक्यले बताए।

    यस्तै दिउसो ५ बजे देखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, सांझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्वलन गरिने छ । जेष्ठ ३ गते लुम्बिनी देखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा,प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन रहेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धिचरण०ले बताए । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउने खबरले कोषलाई हर्षित बनाएको भट्टराएको  भनाइ छ। तर यसको बारेमा औपचारिक खबर सरकारबाट कोषलाइ प्राप्त नभए पनि यदि मोदि आए कोषले त्यस सम्बन्धी तयारी गरेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology