Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

  • 1.6K
    SHARES

  • निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

    काठमाडौं,बैशाख २५ ।

    स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय गरेको हो ।

    निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ ।

    सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology