बुटवल,वैशाख २५ ।
नेकपा एमालेले आज रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
रुपन्देहीको बुटवल-११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्न एमालेले जनाएको छ।
चुनावी सभामा सहभागी हुन ओली हेलिकोप्टरमार्फत बुटवल पुग्नेछन्। बुटवलपछि उनी चितवनको भरतपुर पुग्नेछन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)