बुटवल, बैशाख २४ ।
आज बुटवलमा पाँच दलीय सत्ता गठबन्धनले शनिवार बुटवलमा आमसभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीका गलत कार्यविरुद्ध बनेको अहिलेको गठबन्धन वर्षौं पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
‘गठबन्धनलाई टिकाउन गठबन्धनबाट उठेका स्थानीय तहका उम्मेदवारहरूले जित्नुपर्छ ,जिताउनुपर्छ ,’उहाले भन्नुभयो , ‘प्रजातन्त्र बचाउने वाचाका साथ बनेको हो गठबन्धन ।’
अहिलेको सरकार बनेपछि विदेशी सहायता र अनुदान बढेको देउवाको दाबी छ । उहाले भन्नुभयो, ‘हामीले ऋण लिएर विकास गर्ने होइन, अनुदान लिएर हो ।
अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ ।’ देउवाले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को सहयोगमा बन्ने विकास आयोजनाले सबैभन्दा बढी फाइदा यस क्षेत्रमा हुने देउवाको भनाइ छ ।
हेराैँ थप तस्वीरहरु ।








नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)