तिलोत्तमा,बैसाख २१ ।
रूपन्देहीको तिलोत्तमामा १७ गंगोलियामा रहेको भण्डारी भैंसी फममा आगलागि भएको छ। तुल्सीराम भण्डारीलेको फममा आगलागि हुँदा करिब ४ लाखको क्षती भएको अनुमान गरिएको छ ।सोहि फमबाट उत्पादन भएको दूध बेचेर भण्डारीले आम्दानी गर्नुहुन्थ्यो ।
दिउँसो करिब १२ बजेको समयमा एक्कासि आगाको मुस्लो सहित धुवा आएपछि स्थानीयहरूले देखि खबर गरेका थिए।
आगोलागि भएको करिब आधा घण्टापछि तिलोत्तमा नगरपालिकाको दमल,नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा आएको थियोे ।
आगोलागिबाट कुनै मानवीय क्षति नभएता पनि गोदाममा राखिएको भुसा जलि करिब ४ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
हाल उक्त फममा १३ ओटा भैंसी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)