Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको पहिरो प्रभावित ज्योतिनगरबासी भन्छन् -‘ नगरले वास्ता नगर्दा दुख पायौं ’

बुटवलको पहिरो प्रभावित ज्योतिनगरबासी भन्छन् -‘ नगरले वास्ता नगर्दा दुख पायौं ’

  • 2.9K
    SHARES

  • बुटवलको पहिरो प्रभावित ज्योतिनगरबासी भन्छन् -‘ नगरले वास्ता नगर्दा दुख पायौं ’

    बुटवल,१९ बैशाख ।

    बुटवलको ज्योतिनगर क्षेत्रका पहिरोपीडित जनताले बुटवल उपमहानगरपालिकाले आफुहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन ।  पाचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताए । 

    स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न आग्रह गरेकी थिइन् । 
    उनले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताइन् । 

    स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै एमालेलाई यसपटक हराउनुपर्ने बताए । स्थानीय मञ्जु भण्डारीले धेरै वर्षदेखि अरु पार्टीलाई भोट दिएपनि यसपटक भने कांग्रेसलाई भोट दिने बताइन् । उनले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेकाले यसपटक कांग्रेसलाई भोट दिने बताइन् । 

    उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको बताए ।  पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने बताए । 

    उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए ।  सो क्षेत्रका एमालेमा असन्तुष्ट व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् । 

    received_405582821115159.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology