Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका उपमेयर उम्मेद्वार चिनबहादुरको घोषणा : सरकारी गाडी अशक्त र असाहयका लागि एम्बुलेन्स

बुटवलका उपमेयर उम्मेद्वार चिनबहादुरको घोषणा : सरकारी गाडी अशक्त र असाहयका लागि एम्बुलेन्स

  • 2.3K
    SHARES

  • बुटवलका उपमेयर उम्मेद्वार चिनबहादुरको घोषणा : सरकारी गाडी अशक्त र असाहयका लागि एम्बुलेन्स
    बुटवल, बैशाख १९ ।
     
    गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन ।
    जनप्रतिनिधि सेवा सुविधा मुखी भएको भन्दै मतदाताहरुसँगको भेटमा प्रतिक्रिया आएको बताउँदै उपमेयरका उम्मेद्वार गुरुङले आफूले उपमेयरको गाडी व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गरेका हुन ।
    गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी जेष्ठ नागरिक,गर्भवती महिला, वालबालिका तथा विपन्न समुदायका लागि निशुल्क रुपमा प्रयोग हुने गरि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका हुन ।
     
    ‘म २०५४ सालदेखि जनप्रतिनिधिका रुपमा बुटवलबासीको सेवामा समर्पित छु, म सुविधाका लागि त्यहाँ पुग्न लागेको होईन’ उनले भने –‘त्यसैले मैलै व्यक्तिगत रुपमा आफ्नै गाडी चढ्नेछु ।’ नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटिका सदस्य, एंव बुटवल नगरका अध्यक्ष समेत रहेका गुरुङले बुटवलको विकासमा समर्पण हुने बताए ।
     
    उनले बुटवल उपमहानगरलाई न्याय, समानता र समुन्नतीको शहर बनाउनका लागि नितिगत, कार्यक्रम र बजेटका हिसाबले प्राथमिककतामा राखेर काम गर्ने बताए । उनले अझै पनि समाजमा लैंगिक हिंसा, बालविवाह, जातीय छुवाछुत जस्ता कानुनले बन्देज गरेका व्यवहार कायमै रहेकाले त्यसको अन्त्यका लागि समेत छुट्टै संयन्त्र बनाउने बताए ।
     
    उनले बुटवललाई क्लिन सिटिको रुपमा विकास गर्ने बताए । बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकिकृत समाजवादीका गुरुङको उम्मेद्वारी रहेको छ ।
    समाजवादीका उम्मेद्वारको घरदैलौ तिव्र :
     
    butwal 6 ghardailo.jpg

    नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेद्वार भएकाहरुले दैनिक रुपमा घरदैलौलाई जारी राखेका छन । बुटवलमा उपमहानगरमा पाँच दलीय गठबन्धनबाट दैनिक घरदैलौ चलेको छ । बुटवलमा मेयर खेलराज पाण्डे सहित उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले संयुक्त रुपमा घरदैलौ गरेका छन ।
     
    सोमबार बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा गरिएको घरदैलौमा चुरेबाट प्रभावित भएकाले आफूहरुको समस्या समाधान गर्न आग्रह गरेका थिए । घरदैलौमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजु गुरुङ, जिल्ला उपसचिव सरिता श्रीस लगायतका नेताहरुको उपस्थिती थियो ।
    त्यसैगरि वडा न. वडा न. ३ का समाजवादीका उम्मेद्वारहरुले घरदैलौ गरेका छन । त्यस्तै बुटवल १३ का वडाअध्यक्ष सहितका उम्मेद्वारहरुले पनि घरदैलौ तथा मोटरसाईकल ¥याली निकालेको छ । उक्त अवसरमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजु गुरुङले एमाले कुहिएको आलू भएको बताए ।
     
     उनले एमाले कुहिएको एक टन भएको बताउँदै आफूहरु एक तोलाको सुन भएको बताए ।
    यस्तै  तिलोत्तमामा पनि उम्मेद्वारहरुले भेटघाटलाई जारी राखेका छन । मेयरका आशाकुमारी चौधरी, उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिव भण्डारीले तिलोत्ताका मुडियारी, कान्छिबजार, टिकुलिगड लगायतका क्षेत्रमा घरदैलो गरेको छन ।
    जनतालाई परेको बेला सहयोग गर्ने र कृषि सामाग्री सहज रुपमा पु¥याउन एकीकृत समाजवादी सदैब तयारी हुने तिलोत्तमा नगरपालिकाका उपमेयर पदका उम्मेदवार सन्जिव भण्डारीले बताए ।
     
    समाजवादी तिलोत्तमाले निर्वाचन जिते खोलामा हुने चोरी निकासी बन्द गर्दा नगरपालिकाको आम्दानीमा वार्षिक ५० करोड बचाउन सकिने भएकोले सम्पत्ति करको नाममा उठाइने १२ देखि १५ करोड सम्मको रकम मिनाहा गर्न सकिने भण्डारीले बताए ।
    त्यसैगरि सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारीमा पनि उम्मेद्वारहरुले घरदैलौ पुगेर परिवर्तनका पक्षमा कलममा भोट हाल्न आग्रह गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology