Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी !

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी !

  • 2.7K
    SHARES

  • तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी !

    तिलोत्तमा, १९ बैशाख ।

    रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । 
    एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले आइतबार उम्मेदवारसहितको पत्रकार सम्मेलनमा निर्वाचन आयोगलाई कारबाही गर्न चुनौती दिएका थिए । 
    उनले आफुले जस्तासुकै निर्णय गर्न कसैले रोक्न नसक्ने भन्दै त्यसको विरुद्धमा समाचार नलेख्न र आफ्ना पक्षमा समाचार लेख्न पत्रकारलाई धम्कीपूर्ण आग्रह गरेका थिए । 
    स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक रहेको र आयोगलाई नै धम्कीपूर्ण भाषामा चेतावनी दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो । 

    letter ujuri.jpg

    उनीविरुद्ध तिलोत्तमा ११ निवासी प्रदीप थापाले घिमिरेलाई कारबाही गर्न माग गर्दै तत्काल पदबाट राजीनामा दिन माग गरेर तिलोत्तमास्थित निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् । 
    उनले उजुरीमा स्थानीय तहको निर्वाचनमा कुनै पनि सार्वजनिक पद, ओहदामा बसेको व्यक्ति या कर्मचारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाईने भन्ने कुरा निर्वाचन ऐन तथा निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३को दफा ६ (ञ) विपरीत चुनाबी प्रचारमा हिडेकाले कारबाहीका लागि माग गरेका छन् ।  
    उनी जनताको काम छाडेर पदबाट राजीनामा नदिई एमालेका उम्मेदवारको चुनाबमा हिडेका थिए । 

    शान्ति समाजको ध्यानाकर्षण ;
    वहालवाला नगरप्रमुख पार्टीको चुनाब प्रचारमा हिडेको भन्दै मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बहालवाला मेयरले आचार संहिता उल्लंघन गर्दै  आयोगलाइ खुला चुनौती दिदा समेत आयोगले कारबाही गर्न नसक्नु खेदपुर्ण रहेको बताए ।

    उनले  भने–यसरी राज्यसत्ताको दुरुपयोग गर्दै आचारसंहिता लत्याउदै कुनै पार्टीको पक्षपोषण हुन्छ भने त्यो लोकतन्त्रको उपहास हो, त्यस्ता राजनीतिक बिचार भएका ब्यक्ति तथा दलहरुलाइ सबैले तिरस्कार गर्नुपर्छ ।’

    उनले पार्टीको चुनाबमा खटिने भए नगरप्रमुखबाट राजीनामा दिनुपर्ने या नगरप्रमुखको हैसियतमा रहने भए निर्वाचन परिचालन कमिटिबाट राजीनामा दिनुपर्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology