Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सपनामात्रै बाँडेको भन्दै १०० जनाले एमाले छाडेर राेजे कांग्रेस

बुटवलमा सपनामात्रै बाँडेको भन्दै १०० जनाले एमाले छाडेर राेजे कांग्रेस

  • 1.7K
    SHARES

  • बुटवलमा सपनामात्रै बाँडेको भन्दै १०० जनाले एमाले छाडेर राेजे कांग्रेस

    बुटवल,बैसाख १९ ।

    बुटवलमा एमालेले भोटका लागि सपना मात्रै बाँडेको भन्दै बुटवल १५ उजेलापूरका बासिन्दाले एमाले परित्याग गरेका छन्। 

    बुटवलमा विकास गर्ने, लालपूर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि भ्रष्टाचारबाहेक अरु काममा ध्यान नदिएको भन्दै १०० जनाले एकसाथ एमाले परित्याग गरेका हुन्। 

    एमालेले नारामा मात्रै सपना देखाएपनि कांग्रेसले भने व्यवहारमै काम देखाएकाले आफुहरु नेपाली कांग्रेस प्रवेश गरेको  महेन्द्र चौधरीले बताए।

    उनले एमालेका नेताहरु चुनाबका बेलामात्रै जनतामाझ आउने गरेको तर कांग्रेसका नेता खेलराज पाण्डे जनताका समस्या सुन्न र समाधान गर्न घरघर पुग्ने गरेकाले कांग्रेस प्रवेश गरेको बताए।  यस्तै जमुना चौधरीले महिलालाई हेपाहा व्यवहार गर्ने एमालेमा बस्न नसकेर कांग्रेसमा आएको बताइन्। उनले काठमाडौंको मेयरदेखि बुटवलका मेयरसम्मको व्यवहार महिलाविरोधी भएको बताइन्। 

    उनीलगायत १ सय जनालाई कांग्रेस बुटवल उपमहानगरपालिकाका उमेदवार खेलराज पाण्डेलगायतले कांग्रेस प्रवेश गराएका थिए।  पार्टी प्रवेश गराउँदै पाण्डेले उजेलापूरमा शुद्ध खानेपानी र शौचालय बनाउनका लागि पदबहाली गरेलगत्तै पूरा गर्ने बताए ।

    उनले तिनाउ दानव करिडोरबाट विस्थापित हुने १५ सय घरधुरीलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गर्ने बताए। ‘ करिडोर बनाउनुअघि नै सुरक्षित रुपमा बसोबास गर्ने नयाँ सिटी बनाइनेछ र त्यसपछि मात्रै करिडोरको काम अघि बढाइनेछ, उनले भने-अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र परिचय पत्रको व्यवस्था गरिनेछ।’

    २१ हजार घरधुरी सुकुम्बासी समस्या समाधान गर्नका लागि पनि छिटै नै काम अघि बढाउने उनले बताए।  ‘लगत लिएर जग्गाको दर्ता गरिनेछ र आवश्यकता अनुसार काम अघि बढाइनेछ-उनले भने ‘अहिलेसम्म नगरपालिकाले जे कुरा भनिरहेको छ त्यसभन्दा बढी सुविधा हामीले दिएर जनतालाई अपनत्व महसुस हुने काम गर्नेछौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology