Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व,धनप्रसाद गुरुङ अध्यक्ष

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व,धनप्रसाद गुरुङ अध्यक्ष

  • 1.5K
    SHARES

  • दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व,धनप्रसाद गुरुङ अध्यक्ष

    बुटवल,बैसाख १७ ।

    दुर्गा भवानी युवा परिवार (क्लव) भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको क्लवको १४ औं अधिबेशनले धनप्रसाद गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

    क्लवको बरिष्ठ उपाध्यक्षमा सुदिप पुन, प्रथम उपाध्यक्षमा मनि पंगेनी, द्वित्तीय उपाध्यक्षमा भिम गुरुङ, उपाध्यक्ष दिलिप पुन, सचिव मीन तिवारी, कोषाध्यक्ष चिरञ्जीवी पान्डे, सह–सचिव बिकाश सुनार र सह–कोषाध्यक्षमा दिपक थापा रहनुभएको छ । 

    २०३६ सालमा संस्थापक अध्यक्ष कुल बहादुर केसीको नेतृत्वमा स्थापना भएको क्लवले भलवारी र आसपासका क्षेत्रमा समाज सुधारका गतिविधी सहित खेलकुद, सामाजिक विकृति विसंगति विरुद्ध सामाजिक जागरण, युवाहरुलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वका काममा परिचालन गर्दै आएको क्लवका पूर्व अध्यक्ष दिपेश शाहीले जानकारी गराउनु भयो । 

    क्लवले ।लोप हुन लागेका संस्कृति जगेर्ना, युवाहरुलाई संगठित, समाजमा लैङ्गिक र जातिय समानता कायम राख्ने, बाल मैत्री समाज निर्माण गर्ने, सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम समेत गर्दै आएको क्लवका मिन तिवारीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology