Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी

  • 3.0K
    SHARES

  • बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी

    बुटवल,बैसाख १७ ।

    बेपत्ता पारिएका व्याक्तिको छानविन आयोग नेपालमा परेको उजुरी मध्ये लुम्बिनी प्रदेशमा ७ सय ७४ रहेका छन् । आयोगमा कुल ३ हजार २ सय ८८ उजुरी परेका हुन् ।  जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई बिस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रबक्ता डा.गंगाधर अधिकारी बताउनुभयो ।

    लुम्बिनी प्रदेशमा वेपत्ता छानविन आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाइ १ हजार भन्दा बढि परिचयपत्र बितरण गरिएको बताउनुभयो । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि बर्दिया जिल्लाका उजुरी छन् ।

    बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले आफुहरुको पाएको जिम्मेवारी पूरा गरेको बताउनुभयो । उहाले अबको करिब डेढ बर्षमा आयोगका सबै काम पूरा गर्न सकिने भन्दै यसमा सरकार प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।  

    उहाले भन्नुभयो–‘पुस मसान्तसम्म आएका सबै उजुरी लियौं,वेपत्ता परिवारलाई परिचय पत्र दिने क्रम जारी छ ,पिडित र पिडकको सहि पहिचान गरेर न्याय दिने काम हुन्छ ।’ अध्यक्ष सुवेदीले पीडितलाइ तत्कालीन र दीर्घकालिन रुपमा, निशुल्क शिक्षा  तथा स्वास्थ्योपचार, विना ब्याज वा सहुलियपुर्ण ब्याजमा ऋण सुविधा दिने काम कार्यान्वयन चरण रहेको बताउनुभयो ।
    बिस २०५२–२०६३ को बिचको समयको संक्रमणकालिन न्यायलाइ सहि टुंगोमा पुर्याउन साझा संकल्प आवश्यक रहेको उहाको भनाइ छ । उहाले पिडितमैत्री काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजूरी संख्या२७७,दोहोरो उजूरी परेकोमा लगत कट्टा भएको उजूरी संख्या १३५, तामेलीमा राखिएको उजूरी संख्या २८९ ,तामेलीबाट जगाईएको उजुरी संख्या५,प्रारम्भिक छानविनमा रहेको उजूरी संख्या(नयाँ उजूरी) ६६,बेपत्ता व्यक्ति फेला परी लगतकट्टा भएको उजूरी संख्या ३८ ,विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजूरी संख्या २ हजार ४८८ ,उजूरीका आधारमा बेपत्ता पारिएका व्यक्ति २ हजार ५७०, विस्तृत छानविको प्रथम चरणको कार्य सम्पन्न भएको जिल्ला  ७५ मनाङ र मुस्ताङ्क उजुरी नपरेको,उजूरीकर्ता बुझ्ने, एण्टीमोर्टम परिपूरण विवरण भरेको संख्या २ हजार ३०७ ,उजूरीकर्ता बुझ्ने लगायतका कार्य बाँकी रहेको उजूरी संख्या १८१,पीडित परिचयपत्र प्राप्त परिवार संख्या १ हजार २७०,पीडित परिचयपत्र प्राप्त व्यक्तिको संख्या ३ हजार ८४७ रहेको  आयोगले जनाएको छ ।  

    ayog.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology