बुटवल,बैसाख १६ ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान) रुपन्देहीको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिनेश भुसालको अध्यक्षतामा १५ सदस्ययीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष पुष्प घिमिरे, उपाध्यक्षमा मधुप्रकाश ज्ञवाली, सचिवमा बाबुराम बञ्जाडे, कोषाध्यक्षमा नबेन्दु ढकाल र सहसचिवमा राजेशराज जोशी रहेका छन् ।
त्यस्तैगरी सदस्यहरुमा यम बहादुर राना, गोपाल आचार्य, गोपाल न्यौपाने, तिलब केसी, कृष्ण न्यौपाने, शंकर भट्टराई, कृष्ण गैरे, लक्ष्मण अर्याल, श्री रायमाझी र दिवाकर ढकाल रहेका छन् । कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय अध्यक्ष रमेश कुमार शिलवालले शैक्षिक विकास विना देशको विकास सम्भव नभएको बताए ।
कार्यक्रममा हिसानका निर्देशक रामचन्द्र आचार्य, हिसानका उपाध्यक्ष लोकनाथ उपाध्याय, राष्ट्रिय परीक्षा बोर्ड बुटवलमा प्रमुख रमाकान्त तिवारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, हिसानका केन्द्रीय दामोदर भुसाल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा अभिभावक संघका लोकनाथ ज्ञवाली लगायतले बोलेका थिए । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष दिनेश भुसालको स्वागत तथा सचिव पुष्प घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)