तिलोत्तमा,बैसाख १६ ।
तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले अघिल्लो निर्वाचनमा एमालेको घोषणा पत्रमा उल्लेख भएको १० प्रतिशत काम पनि नभएको बताउनु भएको छ ।
उहाँले एमालेले सधै जनता झुक्याउने , भ्रम छर्ने काम गरेको र चुनावी घोषणा पत्रमा उल्लेख भएका कुनै काम नभएको बताउनु भएको हो ।
शुक्रबार कांग्रेसको तिलोत्तमा वडा नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँणले तिलोत्तमाका मेयर बसुदेव घिमिरेले बाहिर सरकारी सेवा सुबिधा लिन्न भनेर नाटक गर्ने तर भित्र नितिगत रूपमै करोडौंको भ्रष्टाचार गर्ने गरेको गम्भीर आरोप लगाउनु भयो ।

त्यस्तै, गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता हेमन्त पाण्डेले तिलोत्तममा गठबन्धनको जित सुनिश्चत भएको दावि गर्नुभयो ।
वडा नम्बर एकका वडा अध्यक्ष पदका उम्मेदवार जोवन सिंह ठकुरीले एमालेका वडा अध्यक्षले वडावासीका गुनासो सम्बोधनमा कुनै चासो नदिएको र गएको पाँच वर्ष सम्म जनताका मागको सुनुवाई नभएको बताउनु भयो ।
दलका आधारमा एमालेका वडा अध्यक्षले वडावासीलाई भेदभाव गर्ने गरेको र फरक दल भएकै कारण वडावासीले वडा कार्यालयमा अनेक समस्या भोग्नु परेकाले त्यसलाई अन्त्य गर्न र सवैको साझा नेतृत्वको रुपमा आफूलाई जिताउन ठकुरीले आग्रह गर्नुभयो ।
वडा नम्बर एकको घर दैलो कार्यक्रमकै विचमा आयोजना गरिएको सो कार्यक्रममा एमालेका कार्यकताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार कार्यालय उद्घाटन गरिएको छ।शुक्रवार एक कार्यक्रमका बिच गठबन्धनका मेयरका उम्मेदवार रामकृष्ण खाण र उपप्रमुख पदका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।
कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा ल नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन आग्रह गरेका थिए। उनले आफुले आजमात्रै सार्वजनिक गरेका घोषणापत्रका सबै कामहरु अक्षरस पालना गर्ने दाबी गर्ने बताए। उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।
सो अबसरमा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि १९५ जना काङ्ग्रेस प्रबेस गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)