गुल्मी,बैशाख १५ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका मजुवामा तुराङ बहुप्राबिधिक शिक्षालय स्थापना भएको छ । प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद्ले आफ्नो आंगिक शिक्षालय स्थापना गरेसङै स्थानिय खुशीयाली भएका छन् ।
सिटिइभिटिले आफ्नो आंगिक शिक्षालयको रुपमा जिल्लामा यो सहित दोस्रो शिक्षालय स्थापना गरेको हो । यसअघी २०७६ सालमा इस्मा गाउँपालिकामा प्राबिधिक शिक्षालय स्थापना गरी जियोमेटिक्स इन्जिनियरिङ बिषयमा पठनपाठन शुरु गरी सकेको छ । परिषद्ले हाल चन्द्रकोट गाउँपालिका स्थित मजुवा बजारमा कार्यालय स्थापना गरी शैक्षिक सत्र २०७८-०७९ देखि नै पठनपाठन शुरु गरिसकेको छ ।
२०७८ साल जेष्ठ महिनामा स्वीकृत प्राप्त भएको सो शिक्षालयले डिप्लोमा र प्रमाणपत्र तहका ३ बर्षे बालीबिज्ञान, पशुबिज्ञान तथा सिभिल इन्जिनियरिङ कार्यक्रमको संचालनका लागि स्वीकृती प्राप्त गरेको छ भने गतबर्ष देखि नै ३ बर्षे प्रमाणपत्र तह बालीबिज्ञान कार्यक्रम संचालन गरीरहेको छ ।

प्रमाणपत्र तह कार्यक्रम अन्तर्गत बालीबिज्ञान कार्यक्रम र पशुबिज्ञान कार्यक्रमका लागि ४०र४० वटा सिट र सिभिल इन्जिनियरीङ कार्यक्रमका लागि ४८ वटा सिट रहने गरी सिटिइभिटीले सो शिक्षालय स्थापना गरेको हो जस अन्तर्गत निस्शुल्क छात्रवृतिमा सो सिट संख्याको १० प्रतिशतले निशुल्क अध्ययनको अबसर प्राप्त गर्ने शिक्षालयले जनाएको छ ।
शैक्षिक सत्र २०७८-०७९ देखि तत्कालका लागि एउटा मात्र कार्यक्रम डिप्लोमा इन एग्रीकल्चर अन्तर्गत बालीबिज्ञान कार्यक्रममा हाल २४ जना प्रशिक्षार्थीहरु अध्ययनरत छन । गुल्मी जिल्लाका अलावा बाग्लुङ , प्युठान , नवलपरासी, रुपन्देही , जुम्ला ,हुम्ला ,बाजुरा लगायतका १० जिल्लाहरुबाट आएर बिद्यार्थीहरुले अध्ययन गरिरहेको शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले बताउनु भयो ।
हालसम्म शिक्षालयको आफ्नो जग्गा तथा भवन नभएको हुँदा शिक्षालयले मजुवा बजारमा रहेको मानका टिकाराम बहुमुखी क्याम्पसको भवनको ६ वटा कोठामा आफ्नो कार्यक्रम संचालन गरेको छ ।
प्राबिधिक शिक्षालय स्थापनाका लागि शिक्षालयलाई चाहिने करीब ८० रोपनी भन्दा धेरै जग्गा आबश्यक पर्ने भएतापनी भौगोलिक अवस्थाका कारण तथा सो स्थानमा प्रयाप्त जग्गा नरहेको हुँदा शिक्षालय संचालनमा समस्या उत्पन्न भएको शिक्षालय प्रमुख पाण्डेले बताउनु भयो ।
स्थानिय रुपमा जग्गा ब्यबस्थापनका लागी समिती नै बनाएर पटकपटक छलफल हुँदै आएको छ ।
सोही बिषयमा चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थित सोतामा रहेको सामुदायिक बनले ओगटेको खयरघारी , वडा नम्बर ८ को तुराङ, आम्बोट , गेखुङ लगायत र सोही स्थानलाई पायक पर्नेगरी करीब २ किलोमिटर क्षेत्रभित्र पर्ने गरी जग्गाको खोजी भैरहेको र वडा नम्बर ८ को तुराङका स्थानिय बासीहरुले करीब १३ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने र सोही जग्गा संग जोडीने गरी थप करीब १५ रोपनी जग्गाको लागि आबश्यक पहल भैरहेको उनले बताए ।
बिहान बेलुका सम्बन्धित बिषयको प्रयोगात्मक अभ्यासका लागी कृषि फिल्ड चाहिने र दिउसो कलेजको पठनपाठन गर्ने हुँदा शिक्षालयका लागी ठुलो ठाउँ आबश्यक पर्ने प्रमुख पाण्डेको भनाइ छ । प्राबिधिक कर्मचारीहरुलाई जोगाइ राख्नको लागी कम्तीमा पनि आबासिय सुबिधा दिनुपर्ने र टाढा टाढाबाट अध्ययन गर्न आउने बिधार्थीहरुको लागी पनि होस्टलको सुबिधा आबश्यक पर्छ नभए बिद्यार्थीहरु तथा कर्मचारीहरुलाई टिकाउन समस्या हुने पाण्डेले बताउनु भयो । शिक्षालय स्थापना भए संगै संचालनका लागी सम्बन्धन पाएका ३ वटा कार्यक्रम शुरुवात भएमा पूर्णकालीन तथा आंशिक गरी करीब ६० भन्दा धेरै प्राबिधिक तथा प्रशासनीक कर्मचारीहरु रहने र ३८४ जना बिद्यार्थीहरुले अध्ययन गर्ने अबसर पाउनेछन ।
यस्तैगरी शिक्षालयले जिल्लामा शिक्षालयको पहुच बिस्तार गर्न र सबै स्थानिय तह संग समन्वय गर्नका लागी प्रत्येक पालिकामा रहेका बेरोजगार युबाहरुलाई लक्षित गर्दै बिभिन्न सिप मुलक तालीमहरु प्रदान गर्ने पनि जनाएको छ ।
जस अन्तर्गत बैदेशिक रोजगार बोर्डको सचिबालय संग सहकार्य गर्दै शिक्षालयले हाल प्लम्बिङ , इलेक्ट्रीसियन , ब्युटीपार्लर, किचन सहयोगी कुक , टायल तथा मार्बल लगाउने सम्बन्धी सिपमुलक तालीमहरु निशुल्क रुपमा १८० जना युबाहरुलाई दिइसकेको र आगामी दिनमा बेमौसमी तरकारी खेती , च्याउ उत्पादन , बाख्रा पालन जस्ता तालीमहरु संचालन गर्दै युबाहरुलाई उद्यमी बनाउने कार्यक्रम संचालन गर्ने योजना रहेको शिक्षालयले जनाएको छ ।
प्रयाप्त जग्गा तथा भवन भएमा आगामी दिनमा प्राबिधिक बिषयका अन्य कार्यक्रम पनि थप्न सकिने शिक्षालयका प्रमुख पाण्डेले बताउनु भयो । शिक्षालयले आगामी बर्ष मुख्य ३ वटा बिषयलाई मुख्य प्राथमिकतामा राखेको छ । जस अन्तर्गत जग्गा ब्यबस्थापन, भवनको डि पि आर निर्माण र संचालन भएको कृषि बालीबिज्ञान कार्यक्रमको उचित ब्यबस्थापन गर्ने रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)