Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

  • 1.9K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

    तिलोत्तमा,बैसाख १५ ।

    रुपन्देहीको तिलोत्तमामा गठबन्धनले औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका गठबन्धनभित्रका उम्मेदवारहरु घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरु सुनाउन थालेका हुन् ।

    यहां नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी अभियान संचालन गरिरहेको छ । बिहिबार वडा नं ९ को मंगलापुरबाट घरदैलो अभियान शुरु गर्दै गठबन्धन दलका उम्मेद्वारहरुले यो निर्वाचनमा आफूहरुको जीत निश्चित भएको दाबी गरे ।

    कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा  नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन मतदाता समक्ष अनुरोध गरे । आफूले मेयर पदमा जिते नगरको समग्र विकासमा तीब्रता दिने उल्लेख गरे ।

    यसअघिको नगरपालिकाको नेतृत्वले विभिन्न परियोजनाको नाममा अनियमितता गर्ने गरेको आरोप लगाउँदै अब आउने नेतृत्वले त्यस्तो नगर्ने दाबी गरे ।आफुले जितेपछि अहिले रहेको नगरपालिकाको आधुनिक भवनलाई अस्पताल बनाउने उल्लेख गरे । जनताको घरमा पंखा नभएको तर जनप्रतिनिधिले एसी लगाएर सुविधा सम्पन्न भवनमा बस्न नहुने उनको भनाइ छ ।

    नगरपालिकाकाका लागि अर्को सामान्य भवन बनाएर काम गर्ने उनको भनाइ छ । उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने,नगरका सबै सडक सरकारकै पैसाले पिच गर्ने समेत बताए ।

    कार्यक्रममा उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।

    nc tinapa (1).jpg

    कार्यक्रममा कांगेस नेताहरु बाबुराम राना, हरिलाल पाण्डे, नारायण न्यौपाने, माओवादी नेताहरु बेलप्रसाद शर्मा, गोविन्द रेग्मी, गोपाल बस्याल लगायतले बोल्दै यो निर्वाचनमा गठबन्धनमा आबद्ध दलको बिजय हुने दाबि गरे । वडा न २ र ४, ८ र  ९ मा घरदैलो गरिएको हो ।

    तिलोत्तमामा कांग्रेसले शुक्रबार आफ्ना प्रतिबद्धता घोषणापत्र सार्बजनीक गर्दैछ ।

     

    nc tinapa (2).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology