बुटवल ,वैशाख १५ ।
बुटवल उपमहानगरपालिकामा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ उपप्रमुखका उम्मेदबार हुन् ।उनी नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरका अध्यक्ष समेत हुन् ।
उनी यसअघि एमालेमा थिए एमालेबाट बिद्राेह गरेर नयाँ अध्यायमा लागेका उनी गठबन्धनबाट चुनावी मैदानमा छन् । बुटवलमा मेयरमा नेपाली कांग्रेसका नेता खेलराज पाण्डे उम्मेदवार छन् भने गुरूङ उपमेयरमा भिड्दैछन् ।

सामान्य र सरल स्वभावका चिन बहादुर गुरुङ गठबन्धनबाट बुटवल उपमहानगरको उपप्रमुखको दावेदार छन । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरका अध्यक्ष समेत रहेका गुरुङ बुुटवलमा यातायात क्षेत्रमा परिचित नाम हो । राजनीति पनि मजुर र यातायात फाँटबाटै अघि बढाएका गुरुङ राजीनीतिमा कहिल्यै नाफाघाटाको हिसाब गरेनन ।
निष्ठा र कम्यूूनिष्ट विचारमा केन्द्रीत गुरुङले आफूू जनताकै सेवामा समर्पित हुने प्रतिबद्धता गरेका छन । २०२५ सालमा स्याङजा भिरकोट नगरपालिका साविक कालिकोटमा आमा दिलमाया र वुवा रुद्रसिंह गुरुङको कोखबाट भएको हो । गुरुङ २०४० सालमा बुटवल झरेका हुन ।
बुटवल उप–महानागरपालिका ३ मा बसोबास गर्र्दै आएका गुरुङ बुटवल आएपछि राजीनितमा थप सक्रिय भएका हुन । सब.सं २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी अन्र्तगत जनवर्गीय संगठन यातायात स्वतन्त्र, मजदुर संगठनको लुम्बिनी अञ्चल सदस्य हुदै उपाध्यक्ष बनेका थिए । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य गुरुङले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका हुन ।
सरल स्वभावका गुरुङ राजनीतिलाई छलकपटको विरोधी हुन । २०७७ साल पुसमा केपि शर्मा ओलीले संसद विघटन गरेपछि यसको विपक्षमा उभिए । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी लागेका उनी बुटवल नगरका अध्यक्ष हुन ।
प्रदेश सदस्य समेत रहेका गुरुङ हाल बुुटवल उपमहानगर वडा न. ३ को जनप्रतिनिधि समेत हुन । ‘जनप्रतिनिधि भएर काम गरेको अनुुभव छ, मैलै कम्तीमा पनि उपप्रमुख भएर बुटवलबासीले भोग्दै आएका खानेपानी, फोहोर मैलाको व्यवस्थापनलाई दीगो बनाउँदै बुुटवललाई सुन्दर बनाउने अठोट गरेको छुु ’ उनले भने । गुरुङ विसं २०५० सालमा ट्रेड युनियन महासघ लुम्बिनी राप्ति अञ्चल सदस्य भए । २०५४ सालमा साविक बुटवल वडा न ५ को जनप्रतिनिधि भएर काम गरेको अनुुभव पनि छ ।
२०६२-६३ जन–आन्दोलनमा घाईते समेत भए । राजनीतिमा निष्ठाका साथ लागेका उनले कहिल्यै गलत नेतृत्वको पक्षपोषण समेत गरेनन । २०७४ को निर्वाचनमा वडा न. ३ मा लोकप्रिय मतका साथ जनप्रतिनिधिमा निर्वाचित गुरुङले केहि समय वडाको कार्यवाहक अध्यक्ष भएर जिम्मेवारी वहन समेत गरे । बुटवलमा जनजाती समुदायको बाक्लो सहभागिता रहेको तर नेतृत्वमा जनजाती नपुुगेकाले पनि यो पटक उपप्रमुखमा उम्मेद्वारी दिदा समुदायको पनि न्याय भएको उनी बताउछन । गुरुङ नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय सदस्य समेत हुन ।
गुरुङले आफ्नो राजनीतिक जीवनको धेरै समय यातायात क्षेत्रका मजदुरको हक हितमा केन्द्रीत गरेर बिताए । उनी यातायात मजदुर तथा व्यवसायी भलाई कोषको ३ कार्याकाल सदस्य, एक कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षको नेतृत्व समाले । तत्कालिन नेकपा एमाले निकट मजदुर इलाका कमिटी सचिव, मजदूर विषेश जिल्ला कमिटी सदस्य कार्याकाल नेकपा एमाले जिल्ला कमिटी सदस्य २ कार्याकाल, एमाले जिल्ला कमिटि सचिवालय सदस्य भएर काम गरेँ ।
‘एमालेमा दक्षिणपन्थी अवसरवाद हावी भएको र कम्यूूनिष्ट आन्दोलनमा विचलन आएपछि हामी विद्रोह गरेका हौं, यो पटक एमालेमा रहेकाहरुले पनि मलाई भोट दिनुहुनेछ’ गुरुङले भने । उनले बुटवललाई बनाउने दृढ सकल्प सहित चुनावी मैदानमा होमिएको सुनाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)